खेर गएको पानीको सदुपयोग गरी सामुदायिक स्वाथ्य केन्द्र सञ्चालन

म्याग्दीको अन्नपुर्ण गाउँपालिका –६ घोडेपानीका स्थानियहरुले गाउँमा रहेको पानिको सुद्दिकरण गरेर सामुदायिक स्वाथ्य सेवा केन्द्र सञ्चालन गरेका छन् ।
त्यहाँको बासिन्दाहरु मिलेर घोेडेपानीको पुनहिलमा आउने प्रर्यटक तथा स्थानिय बासिहरुलाइ लक्षित गरेर विगत ५ बर्ष देखि गाउँमा रहेको पानिलाइ सुद्दिकरण गरि सामुदायिक स्वाथ्य केन्द्र सञ्चालन गरीदै आएको स्थानिय बासिन्दा बलराम पुनले बताउनु भयो । बिक्री भएको पानी बाट आएको मुनाफले सामुदायिक स्वाथ्य केन्द्रलाइ आश्यक औषधी खरिद र कर्मचारीलाइ चाहीने मासिक तलब भत्ताको व्यवस्थापन गरीदै आएको उहाँले बताउनु भयो ।
होल्याण्डको जोन ल्याण्ड नामक एक विदेशि प्रर्यटक गाउँमा बेला बेलामा घुम्न आइरहने गरेको र उहाँको सल्लाह अनुसार खेर गएको पानिलाइ सदुपयोरेर विक्री वितरण गरी विगत ५ बर्ष देखि सामुदायिक स्वाथ्य केन्द्र सञ्चालन गरीएको घोडेपानी टोल सुधार समितीका अध्यक्ष विरन गर्बुजाले बताउनु भयो ।


उहाँका अनुसार गाउँमा मिनिरल वाटर बिक्री वितरण गर्न तथा ल्याउन बन्देज लगाईएको छ । त्यहाँ पुग्ने प्रर्यटक हरुले सोही पानि प्रयोग गर्ने गरेका छन् ।
प्रर्यटकीय क्षेत्रका रुपमा परिचित घोडेपानीको पुनहिलमा आउने प्रर्यटका लाई लक्षित गरि उक्त स्वाथ्य केन्द्र स्थापना गरीएको हो । केन्द्रमार्फत लेक लागेमा आश्वयक पर्न आउने अक्सिजन, नर्मल स्वाथ्य अवस्थाको चेक जाँच तथा डे«सिङ्ग गरीदै आएको स्वाथ्य केन्द्रकी अहेव मनिता गुरुङले बताउनु भयो ।

३२ सय १० मिटर अग्लो रहेको घोडेपानीको पुनहील अन्तरीक तथा बाह्य प्रर्यटकहरुको केन्द्र विन्दु हो । यहाँ बाट धौवलागिरी , अन्नपुर्ण , टुकुचे, धम्पुस पास, निलगिरी हिमालको रेन्च हुदै माछापुच्छ«े हिमालको सोलोडोलो, मुस्ताङ्गमा पेलेन जाने कालिगण्डकीको खोच र एकै पटकमा सनराईज देख्न सकिने हुनाले पनी प्रर्यटहरु घोडेपानिको पुनहिलमा जानेगरेका छन् ।

You can share this post!

माधव नेपाल समूह एमालेमै फर्किने

गलेश्वरमा ट्याक्सी दुर्घटना, बच्चा सहित ५ जना घाइते

Related posts