कोरोना खोप आए पनि घोडेपानी पुनहिलमा प्रर्यटक आएनन्

कोरोना खोप आए पनि म्याग्दी जिल्लको अन्नपुर्ण गाउँपालीका –६ घोेडेपानीको पुनहिलमा अझै पनि प्रर्यटक आउन सकेका छैनन् । कोरोना महामारीका कारण गरीएको लकडाउन खुलेपछि व्यवसाीहरु प्रर्यटको स्वागतका लागि बसी रहेपनि प्रर्यटक अझै आउन नसकेका हुन् ।
लकडाउन खुलेसँगै उत्साहित व्यवसायीहरुले लामो समयदेखि बन्द भएका होटलका कोठा सफा गर्ने, विस्तारा मिलाउने, होटल तथा रेस्टुराँमा जमेको धुलो टक्टक्याउने, झ्यालढोकाका सिसा पुछेर टिलीक्क पारेपनि प्रर्यटक नआउँदा व्यवासायीहरु निरास बनेका हुन् ।
दैनिक २० देखि ३० हजार सम्म कमाउने त्यहाँ व्यवसायीहरु प्रर्यटक नआउँदा मारमा परेका छन् । यतिवेला केही होटल बन्द छन् भने केही खुलेका होटल हरु समेत चल्न नसक्दा बन्द हुने अवस्थामा पुगेको घोडेपानीका होटल व्यवसायी ज्ञानबहादुर गर्बुजाले बताउनु भयो ।
जनसन्देशका लागी सन्दिप शर्माले तयार पारेको एक रिपोर्ट 


यो सिजनको बेला हो । होटल बुक नगरी आउँदा होटल पाउन गाहे हुन्थ्यो । कति प्रर्यटक बाहिर आगो तापेर नै बस्ने गर्दथे तर अहिले अन्तरीक प्रर्यटक त्यही पनि ५÷७ जना मात्रै आउने गरेका छन् । सिजनको बेलामा नै प्रर्यटक आएका छैनन् । लगानि कसरी उठाउने भन्ने पिर छ । दैनिक ५ सय भन्दा बढी बाह्य प्रर्यटक र सोहि रेसियोमा आन्तरी प्रर्यटक आउने यो सिजनमा त्यहि पनि प्रर्यटक आउँछन् कि भनेर आसमा होटल खोलेर बसेको छौं घोडेपानी टोल सुधार समितीका अध्यक्ष विरन गुर्बजाले भन्नुभयो ।
जाउँ भने कताजाउँ ५ करोड भन्दा बढीको लगानि छ । सोही अनुपातमा ऋण पनि छ । कुनै सरकारी जागीरे वा अन्य आम्दानीको स्रोत छैन । परिवारको मुख्य आम्दानीको स्रोत नै यहि हो । यतिन्जेल सम्म त रिण खोजेरै भए पनि धानेको छु प्रर्यटक कुरेरै बसेका छौं । अबत प्रर्यटक अउँछन् कि हेरौं मलिनो स्वरमा फिस्टेल गेष्ट हाउस् एण्ड रेण्टुरेण्टका सञ्चालक बलराम पुनले भन्नु भयो ।
बाउ बाजेकै पालादेखि होटल तथा प्रर्यटन व्यवसाय गर्दै आएका घोरेपानीका स्थानियहरु यतिवेला प्रर्यटक नआँउदा दिनभरी कुर्ने र रातमा खालि होटलमा ताला लगाएर सुत्ने बाहेक अन्य काम गर्न सकिरहेका छैनन् । करीब २० भन्दा बढी होटल भएको घोडेपानीमा एक होटल बराबर ४ देखि ५ करोड सम्मको लगानि छ । प्रर्यटक नआएपछि व्यवासायिहरु मारमा परेका नै छन् भने गाउँका दुध, दहि, साग लगाएतका उत्पादन गर्ने साना कृर्षकहरु समेत मारमा परेका छन् ।

You can share this post!

रामबाबुले ल्याए मेरो जुठो खाईसीयो

सर्बोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई दियो मान्यता, ओली(प्रचण्डको नेकपा खारेज

Related posts
error: Content is protected !!