पर्यटकीय स्थल खोप्रा लेक, पाउद्वार जोड्ने मोटरेल पुल शिलन्यास

म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको पर्यटकीय स्थल खोप्रालेक, पाउद्वार एवम् मोहरे डाँडालगायतका क्षेत्रलाइ सडक सञ्जाल सँग जोड्ने मोटरेवल पुल निर्माणका लागि शिलन्यास भएको छ ।
अन्नपुर्ण गाउँपालिका– ६ लाई वडा नम्बर ५ सँग जोड्ने घट्टे (घार) खोला आर सिसि मोटरेवल पुलको शिलन्यास भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकिरणको जिल्ला आयोजना कार्यान्वयन ईकाइ मार्फत पुल निर्माण हुनलागेको हो । उक्त मोटरेवल पुलले पाउद्वार क्षेत्रका बासिन्दालाई केन्द्रीय सडक सञ्जाल सँग जोड्नुका साथै आन्तरीक तथा बाह्य पर्यटकहरुलाई पनि पर्यटकीय क्षेत्रको भ्रमणका लागि सहजता प्रदान हुने पाउद्वारका युवा प्रदिप तिलिजाले बताउनुभयो ।
तिलिजाका अनुसार निकै लामो समय देखिको प्रयास भए पनि वर्तमान सरकारको पालामा आएर मात्रै योजनाले मूर्त रुप लिएको छ । तिलिजाले भन्नुभयो –‘विगतमा पनि सरकार त थिए तर वर्तमानमा आएर मात्र हामीहरुले जोखीम मोेलेर खोलामा हेलिएर तर्नु पर्ने बाध्यता हट्ने भएको छ ।’


पुलको शिलन्यास गर्दै निर्वतमान प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले लागत स्टमेट अनुसारको काम भएको नभएको भनि योजना अनुगमन गर्ने निमार्ण कम्पनीलाइ सहजता प्रदान गरी समयमा काम सम्पन्न गर्न लगाउने काम स्थानिय बासी र स्थानिय निकाएको भएको बताउँदै पुल निमार्णका क्रममा कुनै समस्या आएमा आफुलाइ खबर गर्न बताउनु भयो ।
त्यसैगरी जिल्ला समन्वय समिती म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गुणस्तरीय किशिमको पुल निमार्णगरी अन्य ठाउँमा उदाहरण दिन मिल्लने काम गर्न ठेकेदार कम्पनीलाइ अनुरोध गर्नु भयो । पुलको शिलन्यास कार्यक्रममा सहभागी हुनका लागि पाउद्वार क्षेत्रका आमा समूह, युवा क्लब तथा अन्य स्थानिय वासिन्दाहरु डेढ घण्टाको पैदल यात्रा गरेर घट्टे(घार)खोलामा आइपुग्नु भएको थियो ।


जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख मिनबहादुर बानियाँले आयोजनाको बारेमा जानाकारी गराउँदै २०७६ माघ १७ गते उक्त पुलको सम्झौता भएको भए पनि रिडिजाइन गर्न परेकोले २०७७ असोज ८ गते मात्र कार्यआदेश दिइएको र पुरानो सम्झौता अनुरुप २०७८ साउन २४ गते सम्पन्न हुन पर्ने भए पनि केही प्राविधिक समस्या एवम् कोभीड–१९ को कारणले पुलको शिलन्यास गर्न ढिला भएको बताउनु भयो ।
कुल ३ करोड २२ लाखको लागतमा निर्माण हुन लागेको पुलको लम्बाइ २५ मिटरको हुने छ । पोखराको फेवा बिएमए जेभीले निर्माणको लागि ठेक्का लिएको छ ।
अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आयोजनालाई सफल पार्नका लागि सबै प्रयास गरिने बताउनुभयो । पुनले आयोजनाको सफलताका लागि आफूहरुको प्रयास हुने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले राज्यको तर्फबाट हुन पर्ने र हुन सक्ने कार्य गर्नका लागि राज्यको निकाय सँधै तत्पर रहेको बताउनुभयो ।

You can share this post!

म कुनै गुटमा छैन, अपिल पत्रलाई गलत तरिकाले व्याख्या गरीयोः सापकोटा

महिला भलिबलः मुख्यमन्त्री कपको उपाधि म्याग्दीलाई

Related posts