म कुनै गुटमा छैन, अपिल पत्रलाई गलत तरिकाले व्याख्या गरीयोः सापकोटा

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दी–काठमाडौं सम्पर्क मंचका वर्तमान अध्यक्ष पदमलाल सापकोटाले आफू कुनै पनि गुटमा नरहेको बताउनु भएको छ ।
अध्यक्ष सापकोटाले आफूले संसद विघटन जस्तो प्रतिगामी कदमप्रति असहमति जनाएता पनि कुनै गुटमा नरहेको बताउनु भएको छ । उहाँले भन्नुभयो,” हालसम्म म कुनै पनि पक्षले गरेको कार्यक्रहरुममा सहभागी भएको छैन, पार्टी एकता कायम् होस् भन्ने मेरो कामना छ । संसद विघटन गलत कदम हो, यसको विरोध गर्दैमा कुनै गुटमा लागेको बुझ्नु गलत छ ।”
२०७७ साल फाल्गुण १ गते नेकपा म्याग्दी(काठमाडौं सम्पर्क मंचका पूर्व अध्यक्षहरु प्रा.डा हुम बहादुर बरुवाल, शोभियत खड्का, याम बहादुर श्रेष्ठ, याम बहादुर गर्बुजा र वर्तमान अध्यक्ष पदमलाल सापकोटाले हस्ताक्षर गर्दै लोकतन्त्र रक्षाको लागि आह्वान गरेको अपिल पत्रलाई गलत तरिकाले म्याग्दीका केही पार्टी सम्वद्ध अनलाइन मिडियाहरुले व्याख्या गर्दै वर्तमान अध्यक्ष सापकोटालाई विभिन्न गुटसँग जोडेर समाचार सम्प्रेषण गरेका थिए ।
समाचारमा आएजस्तो कुनै नेता वा गुटसँग जोडिन नभई सरकारले चालेको संसद विघटनको कदमको असहमतिलाई विज्ञप्ति मार्फत आह्वान गर्नुभएको थियो ।
आफ्ना केही असहमतिहरुलाई गुटगत तरिकाले जोडेर नेतारगुटसँग जोडेर हेरिएकोप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको सापकोटाले बताउनुभयो ।

You can share this post!

शत्रुभञ्जन म्याग्दीद्धारा भुतपुर्व सैनिक सम्मेलन

पर्यटकीय स्थल खोप्रा लेक, पाउद्वार जोड्ने मोटरेल पुल शिलन्यास

Related posts