उवासंघ म्याग्दीद्धारा क्रियाशील पत्रकारद्धय गौतम सम्मानित

उघोगी तथा व्यवसायीहरुको संस्था म्याग्दी उद्योग बाणिज्य संघद्धारा म्याग्दी मा क्रियाशील दुई जना पत्रकार सम्मानित भएका छन् । संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा पत्रकारहरु सन्तोष गौतम र हरिकृष्ण गौतम सम्मानित हुनुभएको छ ।
उद्योग वाणिज्य संघ म्याग्दीले सञ्चालन गरेको ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ को प्रवर्द्धनमा योगदान गरेको भन्दै पत्रकारद्वय गौतमलाइ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले जनही नगद २५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

You can share this post!

बेनी खानेपानीको अध्यक्षमा माधव रेग्मी

म्याग्दी उद्योग बाणिज्य संघको अध्यक्षमा कटुवाल निर्वाचित

Related posts
error: Content is protected !!