उघोग बाणिज्य संघका नेता उद्योगी व्यवसायीको हुनु पर्छ पार्टीको होइनः तिमिल्सिना

राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उघोग बाणिज्य संघका नेता उघोगी तथा व्यवसायीको हुनु पर्ने बताउनु भएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघको २७ औँ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनको शनिवार बेनीमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले उद्योगि व्यवसायीका नेताहरु कहिले पनि चुनावका बेला बाहेक अन्य समयमा पार्टीको झण्डा बोकेर हिड्न नहुने बताउनु भएको हो । देश विकास र उद्योगि व्यवसायीहरुको हितका लागि सामाजिक तथा व्यवसायिक संघ संस्थाहरु सबैको साझा हुनुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा विघटन पछिको वर्तमान परिस्थितीका बारेमा बोल्दै तिमिल्सिनाले सर्वोच्च अदालनको फैसलालाई आत्मसाथ गरि अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले संविधानको व्याख्या अदालतले गर्ने भन्दै ‘‘ अदालतले बदर गरे संसद पुर्नस्थापना हुन्छ, अदालतले सदर गरे चुनाबतिर जाने बताउनु भयो । अदालतले चुनावमा जने भने पनि चुनाब हुन्छ कि हुँदैन भन्ने होइन, घोषणा गरेकै मितीमा चुनाबै हुनैपर्छ भनेर दबाब दिउँ’’ जनताको भवना विपरीत गएको भए जनताले चुनावमा नै परास्त गरेर देखाउँछन्  । अदालतबाट हुने फैसला आफ्नो पक्षमा भए मान्ने र अर्को पक्षमा भए नमान्ने भन्नेतर्फ कोहि पनी लाग्न नहुने बताउँदै मुठभेड निम्तने र जनतालाई दुख दिने खालका गतिविधि बसैले पनि गर्न नहुने बताउनु भयो ।    यस भन्दा अगाडि नै मुलुकमा राजनैतीक व्यवस्था परिवर्तन र संविधान निर्माणमा ठुलो संघर्ष र बलिदानी भएको बताउँदै उहाँले अब मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने बाटोमा संघर्ष गर्नु पर्ने बताउनु भयो ।

You can share this post!

म्याग्दी उद्योग बाणिज्य संघको अध्यक्षमा कटुवाल निर्वाचित

को हुन मन्सा मुसा

Related posts
error: Content is protected !!