आमाको सम्झनामा बृद्धाश्रममा बसोबास गर्ने वृद्धवृद्धालाइ भोजन

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका ३ रानिपौवाका एक दम्पतीले आमाको सम्झनामा वृद्धाअश्रममा बसोबास गर्ने वृद्धवृद्धाहरु लाइ भोजन गराएका छन् । आमा प्रेम कुमारी पौडेलको स्मृतिमा १६ औं दिनको पुन्य तिथिको अवसर पारी छोरा सुमन पौडेल र बुहारी शान्ति सापकोटा पौडेलले भोजन गराएका हुन् । गलेश्वर क्षेत्रविकास कोर्ष द्धारा सञ्चालित वृद्धाआश्रममा रहेका वृद्धवृद्धा सहित संस्कृत विधापिठमा अध्यद्यन गर्ने बटुकहरुलाइ एक छाक खाना खुवाईएको हो ।


आमाको सम्झनामा वृद्धाश्रममा बसोवास गर्ने आमाहरु पनि आफ्नै आमा जस्तै लागेर खाना खुवाएको हुँ छोरा सुमन पौडेलले भन्नु भयो । उहाँले आमाको सम्झनामा आउँदा दिन हरुमा पनि यसैगरी वृद्धाश्रममा खाना खुवाउनुका साथै गरीव दिनदुखिहरु लाइ आफुले सक्ने सहयोग गर्ने बताउनु भयो । आफन्त दिवांगत भए पछि आफन्तको दिवांगत आत्माको बैकुण्ठ बासको कामना सहित आश्रममा रहेका हरुलाइ स्वइच्छुक रुपमा खाना खुवाउन मिल्छ ।

You can share this post!

नेकपा ओलि पक्ष मालिका गाउँकमिटी अगुवा कार्यकर्ता भेला

संवैधानिक निकायमा सिफारिस गरिएकाहरूलाई शपथ

Related posts