लक्ष्मी भण्डारीको नेतृत्वमा महिला उद्यमी विकास समिती

म्याग्दी जिल्लाका उघोगी तथा ब्यवसायिहरुको तथा संगठन म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितीको अध्यक्षमा लक्ष्मी भण्डारी चयन हुनु भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा भएको समितीको ८ औं साधरण सभा तथा ६ औं अधिवेशनबाट भण्डारी लाइ अध्यक्षतामा चयन गरीएको हो ।


त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा अम्बिका श्रेष्ठ, प्रथम उपाध्यक्षमा बिष्णु गुरुङ, दिप्तीय उपाध्यक्षमा सृजना भट्टचन, महासचिवमा जानकी विश्वकर्मा, कोषाध्यक्षमा दिलु घताने, सचिवमा प्रमिला श्रेष्ठ, सहसचिवमा गिता शर्मा, सहकोषाध्यक्षमा राधिका सापकोटा निर्वाचित हुनुभएको छ । सभाकाे उद्घाटन बेनी नगरपालिका उप-प्रमुख सञ्जु बरूवाले गर्नु भएकाे थियाे ।

You can share this post!

गण्डकी प्रदेशकाे सामाजिक विकासमन्त्री पुनको पहलमा धौलागिरी-४ नेरवाङकी २६ वर्षिय सुत्केरीकाे उद्दार

बाढी पहिरोका कारण पुर्ण विस्थापित बनेका परीवारले ५ लाख पाउँछन् पुर्व सांसद थापा

Related posts