बाढी पहिरोका कारण पुर्ण विस्थापित बनेका परीवारले ५ लाख पाउँछन् पुर्व सांसद थापा

म्याग्दी जिल्लाका बाढी पहिरो पिडितले छिमेकी जिल्लाहरु पर्वत र बाग्लुङका ले भन्दा १ लाख बढी पाउने पुर्व सासंद भुपेन्द्र बहादुर थापाले बताउनु भएको छ। बाढी पहिरोका कारण पुर्ण रुपमा बिस्थापीत बनेका पिडित परिवारलाइ एक परिवार बराबर ५ लाख रुपैयाँ सरकारले रकम उपलब्ध गराउने सांसद थापाले बताउनु भयो । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुनजन्य विपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७७ तयार भएको छ सो कार्यविधि तयार भए सँगै म्याग्दी जिल्लाका पुर्ण विस्थापित हरुले ५ लाख रकम पाउने ब्यवस्थापन भएको छ ।
सो कार्य विधिमा हिमाली जिल्लामा धेरै रकम छुट्टयाउन म्याग्दी जिल्लाका निवर्तमान सभासद भुपेन्द्र थापाले विशेष पहल गरेको बुझिएको छ ।
नयाँ बनेको कार्यविधि अनुसार म्याग्दी जिल्ला लगायत नेपाल भरिका मनसुन विपद बाढी पहिरोबाट बासस्थान पूर्ण क्षति भएका परिवारको लागि घर बनाउन हिमाली भेगमा प्रती घर पाँच लाख, पहाडी भेगमा चार लाख र तराईमा तिन लाखको दरले सरकारले बजेट उपलब्ध गराउने छ । म्याग्दी जिल्ला हिमाली क्षेत्रमा पर्ने भएकोले सम्पुर्ण पूर्ण क्षति भएका पीडितले पाँच लाखको दरले प्राप्त गर्ने भएका छन् भने बाग्लुङ, पर्वत लगाएत पहाडी भेगले चार लाखको दरले रकम प्राप्त गर्ने भएका छन् ।
विश्वकै सातौं तथा नेपालको छैटौं अग्लो हिमाल धौवलागिरी हिमाल म्याग्दी जिल्लको धौवलागिरी गाउँपालिकोको मुदीमा पर्दछ । धौवलागिरी सँगै म्याग्दीमा दर्जनौं हिमशिखर रहेका छन् । हिमाल नै हिमालले घेरीको भए पनि गत बर्ष मात्रै संसद थापा र तत्कालीन महिला बालवालिका मन्त्री थममाया थापाको विषेश पहलमा म्याग्दी जिल्ला लाई हिमाली जिल्लामा सुचिकृत गरीएको थियो ।

You can share this post!

लक्ष्मी भण्डारीको नेतृत्वमा महिला उद्यमी विकास समिती

नेकपा ओलि पक्ष मालिका गाउँकमिटी अगुवा कार्यकर्ता भेला

Related posts