छिचोलियो अजिङ्गर भिर, पहाड काटेर सडक सञ्चालन भए पछि स्थानियबासीमा खुसियाली

रघुगंगा गाउँपालिकाको गौरवको आयोजनामा समेटीएको गलेश्वर, मौवाफाँट दग्नाम चिम्खोला हुँदै कुईनेमङ्गले जोड्ने सडकको ट्रर्याक निमार्णको काम सम्मपन्न भएको छ । शनिवार दग्नाम दर्मिजा दुवै तर्फबाट ट्र्याक खोल्दै अगाडि बढेका स्क्याभेटरका ब्रेकरहरु एक आपसमा जोडेर ट्रर्याक निमार्णको काम पूरा भएको छ ।


२२ बर्ष अगाडि बाट शुरु भएको उक्त सडक सञ्जालको निमार्णको ट्रर्याक खोल्ल्ने काम  सम्पन्न हुँदा रघुगंगा गाउँपालिकाका ४ दग्नाम, ७ चिमखोला र ८ कुइनेमंङ्गलेका जनतामा खुसीयालि छाएको रघुगंगा गाउँपालिका ८ कुइनेमंङ्गलेका वडा अध्यक्ष गमान छन्त्यालले बताउनु भयो । संघ, प्रदेश र स्थानिय सरकारको हातेमालो र रघुगंगा गाउँपालिकामा निमार्ण हुन लागेको टुंडि हाइड्रोपावरको बजेट बाट भिर छिचोल्न सजिलो भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनु भयो ।


संघ सरकारबाट यस भन्दा अगाडि उक्त भिर फुटाउन २ करोड बजेट विनियोजन भएको थियो तर समयमा नै काम गर्न नसक्दा उक्त बजेट अनुसारको काम हुन सकेको थिएन । कुइनेमंगले, चिमखोलाको ५०÷५० लाख, दग्नामको समग्र २५लाख र प्रदेश सरकारको ५० लाख र बाँकि हाइड्रोपावरको लगानिमा सडक निमार्ण भएको गाउँपालिकाले जनाएको छ ।
ज्यानको जोखिम मोलेर अक्करे भिरमा मज्दुर स्काभेटर र विष्फोटक पदार्थको प्रयोग गरी ट्रक्याक्ट निमार्ण गरेको स्थानिय युवा सुविन सेरपुञ्जाले बताउनु भयो ।


दग्नाम र चिमखोलाको भूगोललाई छुट्ट्याएको अजिङ्गर भीरको कडा चट्टानका कारण पूरा हुन नसकेको रघुगङ्गाबासीको सडक सपना संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानी, निर्माणाधीन जलविद्युत् आयोजनाको थप सहयोग र स्थानीय यूवाहरुको निरन्तरको मेहनतका कारण २२ वर्षपछि सम्भव भएको हो । राष्ट्रिय सभाका तत्कालीन सदस्य थममायाँ थापाको पहलमा आर्थिक वर्ष २०५६र५७ मा निर्माण शुरु भएको यो सडक रातो किताबमा समेत परेको थियो ।


सडक सञ्जाल निमार्ण भए पछि कुईनेमंङ्गलेमा उत्पादन हुने आलु, मकै, कोदो लगाएतका खाद्य समाग्रीहरुले बजार पाउने भएका छन् भने जिल्लाको दुर्गम क्षेत्र मानिएको उक्त गाउँहरुमा नुन, चिनी, दाल, चामल लगाएका खाद्यय सामाग्री ढुवानि गर्न सजिलो भएको छ । यस सडक बाट दर्मिजा, चिमखोला, कुइनेमंङ्गलेका करिव हजार घर धुरीका बासिन्दा लाइ सहज भएको छ । मान्छे हिड्न सम्म डराउने उक्त भिर काटेर सडक सञ्जाल निमार्ण गरेपछि स्थानिय बासिन्दामा खुसियालि छाएको कुईनेमंङ्गलेका स्थानिय बासिन्दा चित्र छन्त्यालले बताउनु भयो ।

You can share this post!

डडुवामा भण्डारीको अध्यक्षतामा ५५ सदस्यीय युवा संघ टोल कमिटी गठन

कोरोना खोपका लागि १६ हजार केन्द्रमा ५ हजार कर्मचारी सहित ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने

Related posts
error: Content is protected !!