फुटको नेकपा संग नभई सिंगो नेकपासँग चुनाब लढ्ने धाेका छः म्याग्दी काँग्रेस

नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारका गलत गतिबिधिको भण्डाफोर गर्न र सचेत बनाउन देशब्यापी कार्यक्रम अन्तरगत सोमबार बेनीमा आयोजना गरेको बिरोध प्रर्दशन कार्यक्रममा सहभागि नेताहरुले सांसदको असक्षमताका कारण म्याग्दी जिल्ला विकास नभएको बताएका छन् ।
कार्याक्रममा बोल्ने नेताहरुले फुटको नेकपा संग नभई सिंगो नेकपासँग चुनाब लडेर पराजित गराउने बताएका छन् । कार्यक्रममा बोल्ने नेताहरुले जनताले अहिलेको बर्तमान ओली सरकारको गतिविधि देखि आजित भएर कांगे्रसको सरकार चाहेको बताएका छन् ।
काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले म्याग्दीमा २०६४ सालको चुनावमा ७ हजारले पछि परेको कांग्रेस अघिल्लो चुनावमा दुई वटा कम्युनिष्ट मिल्दा समेत जम्मा २२ सय मतअन्तर परेको बताउदै जनताबाट तिरस्कृत भएको ओली सरकार, प्रदेश र संघका जनप्रतिनिधिहरुको अलोकप्रिय गतिबिधिले म्याग्दीमा नेकपालाई बत्ति बालेर खोज्नुपर्ने अवस्थामा पु¥याएर छोड्ने बताउनुभयो ।
‘कुनै समय प्रधानमन्त्रीले ओलीले कांग्रेसलाई बत्ती बालेर खोज्न पर्छ भन्नुभएको थियो, अबको चुनावमा म्याग्दीमा नेकपालाई हामीले बत्ति बालेर खोज्ने बनाउछौँ’ उहाँले भन्नुभयो
जिल्लामा पहिरोमा परेका जनता उद्धार र राहतको पर्खाइमा बस्दा सासंदहरु सदरमुकाममा हेलिकप्टर कुरेर बस्नु तथा समयमा जनताको घरदैलोमा पुग्न नसक्नु निरिहिता, गैरजिम्मेवार,सांसदहरुले पिडितलाई वेवात्ता गर्नु लाचारिपनको उदाहरण भएको गर्बुजाले भनाई छ ।


सभापति गर्बुजाले सरकार र जनप्रतिनिधिहरुले म्याग्दीलाई विपद्ग्रस्त क्षेत्र घोषणा गर्न नसकेको, पहिरो पिडितको उद्दार र राहतमा ढिलासुस्ति गरेको, अझैसम्म पुनस्थापना र पुननिर्माणको काम अघि बढाउन नसकेकोे टिप्पणी गर्नुभयो ।
प्रदेश र केन्द्रमा आफ्नै सरकार भएपनि म्याग्दीका प्रदेश र संघका जनप्रतिनिधिले बिकास आयोजना र बजेट भित्र्याउन देखि कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न नसकेको नेपाली काँग्रेस म्याग्दीका निबर्तमान सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले बताउनुभयो ।
उहाँले बिगतमा सुरु भएका आयोजनालाई पुर्णता दिन बेवास्ता गरेको, बिद्युतको अनियमित आपुर्तिको समस्या समाधान गर्न नसकेको र बिकास बजेट कार्यकर्तालाई बाडेर भ्रष्ट्राचारलाई प्रशय दिएको बताउनुभयो ।
‘म्याग्दीका कर्मचारी, प्रशासन र सुरक्षा निकाय सत्तारुढ दलको प्रभाव र दवावमा परेर सेवा प्रवाह, अपराध अनुसन्धान तथा बिकासका काममा राजनीतिक प्रतिरोध साँध्ने हतियार बनेका छन’ उहाँले भन्नुभयो । नेकपाका कार्यकर्ताले गरेका गलत क्रियाकलापलाई आँखा चिम्लने तर स्वतन्त्र र काँग्रेसमा आस्था राख्ने नागरिकलाई बिभिन्न बाहनामा प्रहरी प्रशासनले दुख र सास्ति दिएर विभेदकारी ब्यवहार देखाएको छ ।
विरोध कार्यक्रममा बोल्ने नेताहरुले संघ, प्रदेशका जनप्रतिधिको भूमिकाको कडा आलोचना गरेका छन् । उनीहरुले कर्मचारी, प्रशासन र सुरक्षा निकायकाले गरेका असन्तुलित गतिबिधिप्रति सचेत बनाएका छन् ।
उपसभापती माधव रेग्मीले एकताबद्ध भएर ओली सरकारका गलत क्रियाकलापको भण्डाफोरका साथै संघ र प्रदेशका जनप्रतिनिधिहरुको असक्षमताका तत्थ्यहरुलाई उजागर गर्न विरोध कार्यक्रम गरेको बताउनुभयो ।
सिंगो नेकपा संग चुनाव लडेर जित्न आतुर छौँः कांग्रेस नेता
रेग्मीले स्वागत गरेको कार्यक्रममा पुर्ब सहसभापति नेत्रबहादुर महत, जिल्ला सचिव तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, चुनाव क्षेत्र न। ख का सभापति कमल छन्त्याल, महिला संघकी सभापति बिमला गौचन, तरुण दलका अध्यक्ष मुकुन छन्त्याल, दलित संघका अध्यक्ष बालकुमार लामिछाने, बेनी नगर सभापति अनोद श्रेष्ठ,नेबिसंघका सभापति निर्मल खत्रीले बोलको थिए ।

You can share this post!

बालसंगठनमा बसेर पढेकी रिमा लाई उच्च शिक्षा अध्ययन गर्न समस्या

नेपाल नयाँ राजनीतिक कोर्षमा : जनताको नासो जनतालाई नै फिर्ता

Related posts