सरु बचाउन जापनमा उठाए बुढाथोकीले साढे एक लाख भन्दा बढी रकम

म्याग्दी जिल्लाको मंगला गाउँपालिका ५ किमचौरकी ९ बर्षिय सरु विकलाई बचाउन हाल जापनमा रहेका किमचौरकै विमल बुढाथोकिले साढे एक लाख भन्दा बढी रकम संकलन गरेर हस्तान्तरण गरेका गर्नु भएको छ । जापनको नागोया क्षेत्रमा अध्ययन सँगै रोजगारीको शिलशिलामा रहेका बुढाथोकिले जापनमा बसोबास गर्ने ३१ जना नेपालिहरु सँग रकम सँकलन गरेर हस्तान्तरण गर्नु भएको छ ।


म्याग्दी सदरमुकाम बेनी बजार स्थित जनसन्देश डट.कम को कार्यालयमा बुढाथोकीको श्रीमती दुर्गामाया रोका बुढाथोकिले सरु बचाउ अभियानका संयोजक कुमार किसानलाई बुढाथोकिले संकलन गरेको १ लाख ६१ हजार ९ सय २२ रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । ब्लड क्यान्सरबाट पिडित ९ बर्षीय बिकको हाल काठमाडौंको महराजगन्ज स्थित कान्तिबाल अस्पतालमा करीब ५ महिना देखि उपचार भै रहेको अभियानका संयोजक किसानले बताउनु भयो । हाल सम्म १० लाख भन्दा बढी रकम खर्च भएको र थप ७ देखि ८ महिना अस्पतालमा नै बसेर उपचार गर्नु पर्ने किसानले बताउनु भयो ।

You can share this post!

बैवाहिक जिवन ३५ औं बर्ष पुगेको अवसरमा वालगृहका वालवालिकालाइ सहयोग

बालसंगठनमा बसेर पढेकी रिमा लाई उच्च शिक्षा अध्ययन गर्न समस्या

Related posts