बैवाहिक जिवन ३५ औं बर्ष पुगेको अवसरमा वालगृहका वालवालिकालाइ सहयोग

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा बसोबास गर्ने एक दम्पतीले ३५ औं बर्षगाँठको उपलक्ष्यमा वालगृहमा बसोबास गर्ने बालवालिका लाई सहयोग गरेका छन् । वालगृहमा बसोबास गर्ने १३ जना अनाथ वालवालिका लाई यजनलाल शाक्य र भगवती शाक्यले जनही पाँच सय पाँच रुपैयाँ र आवश्यक खाद्यान सहयोग गर्नु भएको हो । वालवालिकाको हातमा रुपौयाँ र चामल, तेल, नुन, विस्कुट, चाउचाउ लगाएतका खाद्यान सामाग्री वालसंगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यको हातमा हस्तान्तरण गर्नु भएको हो ।


सहयोग हस्तान्तरण गर्दै शाक्य दम्पतीले बालवालिका लाई शैक्षिक सफलताको शुभकामना गर्दै सहयोग गरेको बताउनुभयो । संगठनका अध्यक्ष राजेश शाक्यले अहिले १३ जना रहेको वाल गृहलाइ स्तर उन्नती गरी १०० जना सम्म राख्न मिल्ने गरी आफुले काम गर्ने बताउनु भयो ।

You can share this post!

तोकिएका कर्मचारी नहुदाँ कार्यालय सहयोगीको भरमा मालपाेत कार्यालय

सरु बचाउन जापनमा उठाए बुढाथोकीले साढे एक लाख भन्दा बढी रकम

Related posts