६ बर्ष देखि अक्सिजनको पर्खाईमा धन बहादुर

म्याग्दीको मंगला गाउँपालिका ३ बरङ्जाको झाक्रीपानीका ६३ बर्षका धनबहादुर कामी फोक्सो आएको समस्याका कारण करीब ६ बर्ष देखि इलेक्ट्रॉनिक अक्सिजनको खोजीमा रहेका छन् । एकासी दम का कारण फोक्सोमा समस्या आएपछि उपचारका लागि पुगेका धनबाहादुरको आर्थिक अवस्था कमजोर भएका कारण घरमा नै अक्सिजन सिलिण्डरको प्रयोग गर्ने गरेका छन् । सामान्य ज्याला तथा मजदुरी गरेर पारीवार चलाउँदै आएका धनबहादुर आफै विरामी भएपछी परीवारीक समस्याका साथै उपचारमा समेत समस्या निम्तीएको कामीका जेठा छोरा नरबहादूर बिकले बताउनु भयो ।
बाबाको ज्यान बचाउनका लागि चार दिनमा एक वटा सिलिण्डर फेर्नु पर्छ एउटा सिलिण्डरको मुल्य २५ हजार भन्दा माथि पर्न जान्छ र १५ हजार धरौटी राख्नु पर्छ उनका छोरा नरबाहदूरले भने । सिलिण्डर किन्दा घरमा भएको सबै पैसा समेत सकियो बल्ल बल्ल सिलिण्डर किने पनि घरमा ढुवानिको समस्या पर्छ त्यसकारण बाबाको ज्यान बचाउन गाह्रो भएको छ उनले भने । यसको विकल्पमा ईलोक्ट्रोनिक अक्सिजन सिलिण्डर किन्न पनि मिल्छ तर त्यसको लागत १ लाख १० हजार भन्दा बढी पर्न जाने डाक्टरहरुले बताएका छन् उनले भने हामी सँग त्यती धेरै पैसा कहाँबाट हुनु पैसा नभए पछि हार खाएर बसेका छौं ।
सामान्य गरीब परीवारमा जन्म लिए पछि उपचार समेत गतीलो सँग पाउन नसकेको उनको भनाइ छ । उनले आफ्नो बुबाको जिवन रक्षा गर्नका लागि सबै सँग अपिल समेत गरेका छन् । म्याग्दी जिल्लामा गरीब तथा विपन्न परीवारका व्यक्तीहरुको उपचार गर्नका लागि गठन भएको ओमकुमारी शान्ती कोषमा समेत इलेक्ट्रॉनिक सिलिण्डर को व्यवस्थापन गरीदिनको लागी अनुरोध गरेको विकले बताए । उनले गाउँपलिका र वडा कार्यालय लाई समेत सो कुरा जानाकारी गराएको बताउँदै अन्य व्यक्ति तथा संघ संस्था बाट सहयोग संकलन गरी बुबाको जिवन रक्षा गरीदिन आग्रह गरेका छन् ।

You can share this post!

२७ वाणिज्य बैंकले कृषि क्षेत्रमा मासिक करिब सवा ५ अर्ब लगानी गर्नैपर्ने

बिजुलीको पहुँच सबैभन्दा बढी गण्डकी प्रदेशमा

Related posts