बेनीमा बत्ती नभएर अफ भएको मेरो चिन्ता नमान्नु

उनको बाटो हेर्दा हेर्दै साझ पर्छ । बास बस्न थालेका चरा चुरुङगीहरु कराइरहेका छन। पुर्णिमाको दिन औँसीको रात जस्तो मनलाइ लिएर आकास बाट हेरिरहेका जुनतारालाई अाँखा चिम्ली दुई हात जोडी धेरै थोरै आसा बोकेको मन भन्दै छ हे ईश्वर उनको रक्षा गर्नु म धेरै पिडा बोकेर हजुरको सामु बिन्ती गर्दछु । बिहान मङगलदिपको धुपको मगमग बास्ना आइरहेको थियो । दियोमा बती बलिरहेको थियो । तामाको लोटामा पुर्व रातो खुर्सानी फुल निकै मिलाएर राखिएको थियो । बजारको ठाउँ सानो कुराले पनि ठुलो जमघट हुने हुदाँ सरुको कोठामा पुर्वतिर निकै मान्छेको ओहोरदोहोर देखिन्थ्यो । ऊनलाई कसैले झ्यालबाट कसैले ढोकाबाट चियाएर हेरेका थिए । उनि फेरि झ्यालमा टाउको अडाएर टोलाउथिन त घरी बगरको माछा झै छट्पटाउथिन् । सधैँ पुलपुलाउने छोराको वास्ता छैन, उ बाबा भन्दै चकले भित्तामा मान्छेको अनुहार बनाउदै भक्खरै उमेरका सेता दात देखाउँदै हास्दै खेलिरहेको छ । कतिबेला आमालाई सानो हातले हान्दै तोते बोलीमा बाबा खोइ भनेर सोध्छ , तेत्तिकैमा छामालाई देख्छ । छामाको हात समाउदै मुटु कापेको स्वरमा बाबा खोइ भनि सोध्छ । छामाले आँखामा आँसु टिलपिलाउदै भनिन् जमाना गतिलो छैन ,राती नहिड भन्दा मान्दैनन् कसैले मारेर फालिदिए कि बोली अबरुद्द भयो । छामाको काखमा घोप्टो परेर रुन थाल्यो । छामाले कपाल मुसार्दै भनिन् चिन्ता नले खोज्न गएका छन् जे भएनी थाहा भइहाल्छ नि । हिम्मत हार्न हुन्न ।
जिन्दगी भनेको यही हो कसैले समालेर कहाँ समालिन्छर, यो मन डाँडाको बतासभरि उडेको छ । कँहा जाँउ के गँरु फेरि एकमुठी पानीले मुख छेप्छिन् । टाउकाको रुमाल झिकेर पुछ्छिन र बाटोमा उभिएर उनको खोजिमा यताउता आँखा डुलाउछिन् । घरि मान्छेको भिडनिर पुगेर नियालेर हेर्छिन् । मानौ केहि हरायझैँ छिन्छिन्मा फोन गर्छिन । उनले गरेको फोन सम्पर्क हुन सक्दैन , जलेको मुटुलाई लियर भर्याङ्गबाट छटमा उक्लिन्छिन् । बाटोतिरको कोणमा उभिएर घन्टौ उनको बाटो हेर्दाहेर्दै साँझ पर्छ । एकछिन पछि कुहिरो मडारिदै आयो ,चम्कीरहेका जुनतारा ढपक्कै ढाक्यो ,सिमसिमे पानी पर्न थाल्यो । आफ्नो मनलाई बुझाउदै कोठामा आइन् र बत्ती बालिन् । नानीहरु मस्त निदाइरहेका थिए । तिनिहरुलाइ हेरिन कति अभागि रहेछन् सोच्दा सोच्दै मन भरिन्छ । आसु असारे झरी झै झर्दै ति थोपाहरु कान्छो छोराको गालामा पर्छन् । फेरि ससाना बिन्दु बनेर सिरानी भिज्छ । फेरि मनको तानलाइ छोटाएर निदाउने कोसिस गर्छिन् । सुनौलो सपना ,आसा तर कहा होस् आँखा हरेक भरमा उज्यालो भयर पल्लो घरको भाले बास्न थाल्यो । अलि पर गल्लिमा रोएजस्तो स्वरमा कुकुर भुक्यो फेरि आत्तिएर उठेर बसिन् र सोचिन् कुकुर रोएको राम्रो होईन भन्छन् हे ईश्वर रोइरोइ सुन्निएर राता भएका आँखा, पिरले सुकेका ओठ कपाल कसैले लुछेर जिङरिङ्ग पारेजस्तो देखिन्थ्यो । यत्तिकैमा फोनको घन्टी बज्यो हतारिदै आइन र हातभरिका राता चुरालाइ हल्लाउदै फोन समाइन् । नम्बर चिनिन ,हराएको मुस्कान एकचोटी सेता दाँत देखायर रुन्चे स्वरमा हास्दै भनिन् कता हराएको मेरो यता ज्यान गइसक्यो । यतिका दिनसम्म फोन किन अफ गरेको उताबाट आवाज सुनियो । बेनीमा बत्ती नभएर अफ भएको मेरो चिन्ता नमान्नु ।

You can share this post!

निर्माण व्यवसायी संघ म्याग्दीले पूर्णता पायो

म्याग्दीको मंगला गाउँपालिका गण्डकी प्रदेशमा कोरोना व्यवस्थापनमा उत्कृष्ट

Related posts
error: Content is protected !!