अब थाइराइडकाे उपचार बेनी अस्पतालमा

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा रहेको बेनी अस्पतालमा थाइराइड परीक्षण सेवा शुरुवात भएको छ । सेवा शुरुवातका लागि चाहिने उपकरण सहित सेटअफको काम सम्पन्न भएको बेनी अस्पताल विकास समितीका अध्यक्ष बेलबहादुर कटुवालले बताउनु भयो । गण्डकी प्रदेश सरकारको समाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा सेवा सञ्चालनका लागि चाहिने उपकरण प्रदेश सरकार मार्फत उपलब्ध भए पछि आज सेटअफको काम सम्पन्न भएको र भोलि देखि सेवा सञ्चालन गरीने अस्पताल विकास समितीका अध्यक्ष कटुवालले बताउनु भयो ।


टेस्टका अधारमा न्युनतम शुल्कमा औषधी उपचार गरीन्छ । सेवा सञ्चालन भए पछि थाइराइडका कारण उपचारका लागि मात्रै काठमाडौं पोखरा धाउनु पर्ने अवस्थाको अन्य भएको छ । सेवा सञ्चालन भए लगत्तै म्याग्दीका साथै पर्वत जिल्लाको उक्तरी भेगका विरामीहरु उपचारका लागि पोखरा काठमाडौं पुग्न पर्ने अवस्थाको पनि अन्त्य भएको छ ।

You can share this post!

फेरि आयो मितव्ययिता मापदण्डः सरकारी कोषबाट हेलिकोप्टर चढ्न नपाइने, गाडी किन्न बन्द

झिलिमिली बेनीमा रंगोली फाेटाे ( फिचर )

Related posts
error: Content is protected !!