लघुवित्त र हाइड्रोपावरका २ कर्मचारीमा कोरोना पुष्टि

म्याग्दीको बेनी नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका ४ सिंगामा रहेको एक लघुवित्तमा काम गर्ने एक पुरुष कर्मचारी र बेनपा ९ मा बसोबास गरीे रघुगंगा हाइड्रो पावरमा काम गर्ने एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शरीर दुख्ने, ज्वरो आउने रुघाखोकि लाग्ने जस्ता समस्या भए पछि बेनी अस्पतालमा उपचारका लागि आएका उनिहरुमा पिसिअार परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । लघुवित्तमा काम गर्ने उक्त कर्मचारी दशैमा चितवनमा घर टिका ग्रहण गर्न गए पछि फर्किएका थिए ।
म्याग्दीमा पछिल्लो समय समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । समुदाय स्तरमा फैलिएको कोरोना संक्रमणलाई न्यूनिकरण गर्न गत कार्तिक १४ गते देखि २८ गते राति १२ बजे सम्म बेनी नगरपालिमा लडकलाउनको गरीएको छ । यसै विच कोरोना संक्रमण समुदाय स्तरमा नै फैलिन थालेपछि म्याग्दीमा स्थानिय सरकारहरुले विभिन्न किसिमका रचनात्मक कृयाकलापहरु संञ्चालन गर्दै आएका छन् ।

You can share this post!

बेनीमा कोरोना रोक्न सपथ

सदरमुकाम बेनी र आसपासका विद्यालयहरुमा आजदेखि कक्षा ११ को ग्रेडवृद्धि परीक्षा शुरु

Related posts