म्याग्दी घर भई पर्वत बेनी बस्ने दुई महिलामा कोरोना पुष्टि

म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ र बेनी नगरपालिका १ स्थायी ठेगाना भई हाल पर्वत बेनीमा बसोबास गर्ने दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपुर्णकाकी ३४ बर्षिय  र बेनी नगरपालिका १ की ३८ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको जनस्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु भयो । उनिहरू मध्य एक महिलाले पर्वत बेनीमा हाेटल व्यवसाय सञ्चालन गर्दै अाएकि थिइन् ।
त्यसैगरी अाज नै  बेनी नगरपालिका ४ सिंगामा रहेको एक लघुवित्तमा काम गर्ने एक पुरुष कर्मचारी र बेनपा ९ मा बसोबास गरीे रघुगंगा हाइड्रो पावरमा काम गर्ने एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शरीर दुख्ने, ज्वरो आउने रुघाखोकि लाग्ने जस्ता समस्या भए पछि बेनी अस्पतालमा उपचारका लागि आएका उनिहरुमा पिसिअार परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । लघुवित्तमा काम गर्ने उक्त कर्मचारी दशैमा चितवनमा घर टिका ग्रहण गर्न गए पछि फर्किएका थिए ।

You can share this post!

सदरमुकाम बेनी र आसपासका विद्यालयहरुमा आजदेखि कक्षा ११ को ग्रेडवृद्धि परीक्षा शुरु

सशस्त्र प्रहरी बलको जवान पदमा म्याग्दीबाट मात्रै एक सय नौ जना युवाले भरे फारम

Related posts
error: Content is protected !!