बेनी बजारमा घरदैलो कार्यक्रम शुरु

म्याग्दी सदरमुकाम बेनी बजारमा बेनी नगरपालिकाको आयोजनामा घरदैलो अभियान सञ्चालन भएको छ । बजारमा कोरोना भइरसको संक्रमण समुदाय स्तरमा नै फैलिए पछि समुदाय स्तरमा संक्रमण फैलिनबाट रोक्नका लागि घरदैलो कार्यक्रम सञ्चालन गरीएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनु भयो । उहाँले घरदैलो कार्यक्रम अन्तर्गत बेनी नगरपालिका ७ र ८ बेनीबजार भित्र बसोबास गर्ने हरुमा कोभिड–१९ को लक्षण भए नभएको र स्वाथ्य अवस्थाका बारेमा जानकारी लिने बताउनु भयो ।


बेनी बजारमा बेनपा ७ र ८ मा गरी दुई वटा समुहमा घरदैलो अभियान सञ्चालन गरीएको छ । अभियान अन्तर्गत वडा अध्यक्ष र सम्वन्धित वडाका स्वाथ्यकर्मीको नेतृत्वमा घरघरमा पुगेर स्वाथ्य अवस्थाका बारेमा जानाकारी लिने काम गरीन्छ । लक्षण भएका भेटीएमा तुरुन्तै पिसीआर चेक गरी होम क्वारेन्टाइनमा बस्न लगाउने बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताउनुभयो । अभियानका क्रममा बेनी बजारका बासिन्दा हरुमा कोरोना रोक्थाम र नियन्त्रणका लागि सपथ ग्रहण सेमत गराईएको छ ।

बेनी बजारको विरेन्द्र चोकबाट औपचारीक रुपमा शुरुवात भएको अभियानमा बेनी नगरपालिकाका प्रमुख श्रेष्ठ, प्रजिअ उमाकान्त अधिकारी, नगर उप–प्रमुख सञ्जु बरुवाल, नगरकापालिकाका प्रवक्ता तथा वडा नंम्बर ८ का वडा अध्यक्ष बराईलि, ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ स्वाथ्यकार्यालय प्रमुख एक नारायण लम्साल लगाएतका जनप्रतिनिधि र स्वाथ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

You can share this post!

देशभरी चिसो बढ्यो मुस्ताङमा –४ डिग्रीमा तापक्रम

बेनीमा कोरोना रोक्न सपथ

Related posts
error: Content is protected !!