पाखापानिमा युवाहरु विच कुटाकुट एक गम्भिर घाइते

रघुगंगा गाउँपालिा ६ पाखापानिकाे काेटगाउँमा युवाहरु विच कुटाकुट हुँदा एक जना घम्भिर घाइते भएका छन् । शनिबार राति कलह हुदाँ ३५ बर्षका डम्बर पुन लाई गाउँका अर्का युवाहरुको समुहले कुटेपछि भिरमा लगेर फालेको अस्थामा भेटीएका थिए । विहान गाउँलेले खोजतलास गर्दा पुन भिरको विचभागमा अड्किएको अवस्थामा फेला परेका थिए । उद्धार गर्दा पुन गम्भीर अवस्थामा भेटीए पछि परिवारकाे अाग्रहमा समाज सेवि नारायणा जिसिकाे पहलमा प्रभु एरको हेलिकप्टर मार्फत मनिपाल शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान गर्न प्रहरी निरीक्षक धुर्व शर्माको टोली घटना स्थलमा पुगेको प्रहरी नायव उपरीक्षक किरण जंग कुवरले बताउनु भयो ।

You can share this post!

आजको पूर्ण चन्द्रमा

उवासंघ म्याग्दीका कर्मचारी र बेनी अस्पतालकी स्टाफ नर्ससहित ५ जनामा कोरोना पुष्टि

Related posts