रातो पहिरो जीप दुर्घटनाः– अपडेट

बेनी गलेश्वर सडक खण्डमा रहेको रातो पहिरोमा आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ११ जना घाइते भएका छन् ।
रघुगंगा गाउँपालिका–६, ठाडाखानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी–जोमसोम सडकखण्डको गलेश्वर नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


जीप दुर्घटनामा परेर मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानीको १० वर्षीया बालिका रिया विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
यसैगरी दुर्घटनामा परेर घाइते हुनेहरुमा रघुगंगा–६, पाखापानीका ३० वर्षीय चालक नन्दलाल छन्त्याल, ८ वर्षीया दिक्षा शेरपुजा र बेनी नगरपालिका–८, बेनीका ४२ वर्षीय दलप्रसाद गौचनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।


त्यस्तै अन्नपूर्ण–२, भूरुङ–तातोपानीकी टकमाया विक, रघुगंगा–६, पाखापानीका ३० वर्षीय वसन्त छन्त्याल, ५० वर्षीया अप्सरा पाईजा, २० वर्षीया सिर्जना शेरपुजा, ४० वर्षीया ठककुमारी शेरपुजा, १४ वर्षीया दिवा शेरपुजा, माया छन्त्याल र ७ वर्षीया इच्छा शेरपुजा घाइते भएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो ।


चालक छन्त्याललाई हेलिकप्टर मार्फत पोखरा थप उपचारका लागि लगिएको छ । अन्य घाइतेहरुको अहिले बेनी अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइते भएकालाई थप उपचारका पोखरा रिफर गरिएको छ । घाइतेहरुको हातखुट्टा, मेरुदण्डलगायत शरिरको विभिन्न भागमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । सडक बाट करीब तिस मिटर तल कालिगण्की किनारमा खसेको गाडि अनियन्त्रीत भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । पछिल्लाे समय म्याग्दी जिल्लाकाे ग्रामीण भेगमा क्षमता भन्दा बढि मात्रामा यात्रु हरू राखेर सावारी साधनहरू सञ्चालन गर्दे अाइरहेका छन् । राताे नम्बर प्लेट का गाडिहरूले समेत धमाधम मान्छे अाेसारीरहेकाे देखिन्छ बेनी नगरपालिका ६ का शिव वाेहाेराले भने । यात्रु हरू धेरै मात्रामा राखेर सवारी साधन सञ्चालन गर्दा अझै ठुलाे दुर्घटना हुन सक्ने बाेहाेराले बताउनु भयाे । ट्राफिक प्रहरीले गाउँ गाउँमै गएर चेक जाँच गर्नु पर्ने उहाँले बताउनु भयाे ।

You can share this post!

आज राति १२ बजे देखि २१ गते १२ बजे सम्म बेनीनगरपालिकामा लकडाउन

अनेरास्ववियू म्याग्दीले एकता प्रक्रिया अन्तर्गत बाँकी रहेको जिम्मेवारी लगायो टुङ्गो

Related posts