तिमि पशु हामि मनुष्य

दुइ हातको तरबार
रेती लगायर धारिलो पारेर
आफ्नै आङ्ग सिरिङ्ग बनाइ
एकै पटकमा मेरो ज्यान, र शिर
दुइ तिर हुने गरि छप्काउछ नी ?
उस्को गर्दन कसैले छप्काइदिय के होला ?
ए पाजी पानी मरुवा मनुष्य
स्वतन्त्र हिडिरहेको कमिला देख्दा
सातो जाने तँ
म निरिह प्राणिलाइ दाम्लोले बाँधेर
बहादुरिको पगरि पहिरिन्छस हगी ?
साच्चै दुधे नाता लगाउने हो भने त
म पनि मनुष्यको भाइ भतिज नै पर्छु होला
जुन आमाको दुधको थुन म चुस्थे
त्यहि थुन लुछेर तिमि पनि त
मेरी आमा सङ्ग सन्तानको साइनो जोडेका छौ नी हैन र ?
हुन त दुध आउन्जेल थुन चुसेर
थारो भयपछि मेरै आमाको मासु समेत लुछ्न पछि नपर्ने तिमि
म माथि के को दया माया पलाउथ्यो र ?
के रे ? के रे ?
सँस्कार अनि परम्परा रे ?
मलाइ मारेर
मेरो शरिरको रगतले सिंचायर
त्यो पबित्र मन्दिरको भगवानलाइ समेत बदनाम गर्ने तिमि
सँस्कारका कुरा गर्ने ?
देवि दुर्गाले त
राक्षसहरुबाट भगवानहरुको रक्षा गर्ने उपाय समाप्त भय पछि
अन्तिम अस्त्र प्रयोग गरेकि थिइन
पृथिबिको अस्तित्व मेटिनबाट जोगाउन
आफु देबि बाट कालि बनेर
राक्षसहरुको रक्तपान गरेकी थिइन
त्यहि बाध्यात्मक आधार प्रयोग गरेर
तिमि निरिह लाचार प्राणिका हत्या गर्न
सरम लाग्दैन ?
आर्को जन्म भयछ भने
म मनुष्य बनेर जन्म लिन पाउँ
तिमि पशु…….
म तिमिलाइ बदला लियर हैन
बदलियर देखाउने छु
साँच्चै मनुष्य बनेर देखाउने छु
चेतनशील सब्दमा होइन
ब्यबाहर मै लागु गरेर देखाउने छु
म त्यो सँस्कार कदापि स्विकार गर्ने छैन
जुन सँस्कारले
आफु भन्दा कम्जोर प्राणिका हत्या गरेर
आफुलाइ बाहुबलि सम्झिउ
हुन त यो युग नै पापि युग हो
मनुष्यहरुले दानब रुपि ब्यबार प्रयोग नगरे
यो युग कसरि छिटै समाप्त हुन्छ र ?
आर्को युग
अर्थात सत्य युग
भगवानहरुको जन्म हुने युग
जुन युग जन्माउनका खातिर
म र म जस्ता करोडौ चौपायाहरु बलि चढ्न तयार छौ
ए मनुष्य अब ढिला नगर
पापको घडा छिटै भरिने गरी कु कर्म गर
ता की हामिहरुलाइ
छिट्टै त्यो युगमा
जन्म लिने बाताबरण बनाइदेउ
हो तिमि पशु
र हामि मनुष्य
त्यो युग छिट्टै आउने छ”

 

You can share this post!

मुस्ताङमा पनि पहिलो पटक समुदायस्तरमा कोरोना पुष्टि

बेनी अस्पतालकी नर्स, प्रहरी जवान र रघुगंगा हाइड्रो पावरका कर्मचारीगरी ५ जनामा कोरोना पुष्टि

Related posts
error: Content is protected !!