पिसीआर रीपोर्ट नेगेटिभ आए सँगै म्याग्दीमा आज ७ जना डिस्चार्ज

म्याग्दीमा सातजना कोरोना संक्रमणका भएर उपचारमा रहेका ७ जना डिस्चार्ज भएका भएका छन् । बुधबार आएको कोरोना रिपोर्टमा सातजनाको कोरोना नेगेटिभ आएको स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु भयो । कोरोना संक्रमण पुष्टि भए पछि बेनीमा निमार्ण गरीएको आइसोलेसनमा उपचार गराई रहेका बेनी नगरपालिका २ का ३ जना, नेपाली सेनामा कार्यरत २ जना, बेनपा ९ का एक जना र अन्नपुर्ण गाउँपालिका को १ जनामा कोरोनामा पिसीआर रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आए सँगै उनिहरु लाई एक हप्ता होम क्वारेन्टाइन बस्ने गरी डिस्चार्ज गरीएको लम्सालले बताउनु भयो । बुधबार २ महीला २ बालक र ३ पुरुष गरी सात जनामा कोरोना संक्रमण निको भएको हो ।

You can share this post!

म्याएदीका एक र जलजलाका १६ जनामा कोरोना पुष्टि

अब कोरोना नियन्त्रण गर्न स्थानिय विपद् ब्यवस्थापन समिती बलियो हुनु पर्ने

Related posts
error: Content is protected !!