म्याग्देली कलाकारहरुको दशैँ तिहार ‘मयाँले’ बजारमा

हिन्दु धर्मालम्बीको महान चाडपर्व दशैं तिहारको अवसरमा म्याग्देली कलाकारहरुको मयाँले गित सार्वजनिक भएको छ । म्याग्दी जिल्लाबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने कलाकारहरु संंयुक्तरुपमा मिलेर गित बजारमा बजारमा ल्याएका हुन् ।
जिल्लाको विभिन्न भु-भागहरुमा युगौँदेखि गाईदै आएका भाका तथा शब्दहरुलाई समेटी परम्परागत संस्कृतिको झल्को दिने म्युजिक भिडियो सहित गितकाे सार्वजनिक भएको हो । म्याग्दीमा परम्परागत रुपमा गाइने तर पछिल्लो समय लोपउन्मुख बनेका भाका र शब्दहरुलाई समेत गितमा समेटिएको छ ।
म्याग्देली गायक गायीकाहरु सम्बोज मल्ल, ध्रुव  जिसी, प्रकाश दुतराज, विष्णु रिजाल, शान्ता बर्देवा, बसन्ती थापाको स्वर रहेको छ । प्रकाश दुतराजको लय तथा संगीत संयोजन रहेको गीतलाइ अर्जुन थापाले एरेन्ज गरेका छन् । क्रियटिभ मिडियाको युटुब च्यानल मार्फत गितलाई बजारमा ल्याईएको छ ।

https://www.youtube.com/watch?v=QCQ12xRhhS0

गीतको म्युजिक भिडियो म्याग्देली युवा निर्देशक एवम् भिडियोग्राफर भुपेन बानियाँले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा ध्रुव  जिसी, प्रकाश दुतराज, विष्णु रिजाल, सुनिल बानियाँ, विविदजंग थापा, जिवन कार्की, नविन बानियाँ, निर्देश चोखाल लगायत बालकलाकारहरुले समेत अभिनय गरेका छन् ।
खासगरि दशैँ र तिहार पर्वको छुट्टाछुट्टै गीत र म्युजिक भिडियो बनाउने प्रचलनको विकास भएको सन्दर्भमा म्याग्देली कलाकारहरुले दशैँ र तिहार चाडपर्वमा परम्परागत रुपमा गाइने मौलिक भाकाहरुको खोजी गरि गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याएको गितका निर्देशक भुपेन बानियाँले बताउनु भयो । गीतका बारेमा केही तथ्यहरू गीत सृजना गर्नु पुर्व म्याग्दी जिल्लाको विभिन्न भुभागहरूमा पुगेर त्यहाँको कला संस्कृतिको अध्धयन गरि कला र संस्कृतिलाई विश्वव्यापी गर्ने उदेश्यका साथ दशै तिहार लक्षित गरेर मयाँले गीत प्रस्तुत गरीएको हो ।

You can share this post!

मन्त्री पुनको विशेष पहलमा बेनी अस्पतालमा आँखा उपचार सेवा सुरू

लागु औषध सेवन तथा विक्री वितरण गर्ने एक र अवैद बरुवा बन्दुक बोक्ने एक प्रकाउ

Related posts