टोल वा गाउँमा नयाँ मान्छे आए सात दिन क्वारेन्टाइन राख्न सरकारको अनुरोध

सरकारले टोल वा छरछिमेकमा नयाँ मान्छे आए सात दिन क्वारेन्टाइनमा राख्न अनुरोध गरेको छ । पछिल्लो समय कोरोनाले नेपालमा महामारीको रुप लिन थालेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले टोलमा नयाँ मान्छे आए ७ दिन क्वारेन्टाइनमा राख्न अनुरोध गर्नु भएको छ ।
उहाँले कोभिड संक्रमित आइसोलेनबाट घर बाहिर निस्कने सक्ने भएकाले विशेष ध्यान दिन आग्रह समेत आग्रह गर्नु भएको छ । ‘आइसोलेसनमा बसेका कोभिड(१९ संक्रमित घर बाहिर निस्कन सक्ने भएकाले टोल छिमेकीले र घर परिवारले ध्यान दिनू पर्ने उहाँले बताउनु भयो । जथाभावि रुपमा संक्रमित ब्यक्ती निश्कीदा रोग अरूलाई पनि सर्न सक्छ । घरबाट बाहिर निस्के नजिकको सुरुक्षाकर्मीलाई खबर गर्न उहाँले अनुरोध र्गनु भएको छ । सरकारद्धारा निमार्ण गरीएका अस्पतालको बेड र आईसीयू भरिएकाले आफ्नो स्वास्थ्यको ख्याल आफैँले गर्न पनि प्रवक्ता गौतमले सबैलाई आग्रह गर्नु भएको छ ।

You can share this post!

जोखिममा बेनी अस्पताल ‘अतिआवश्यक नपरी नआउनुहोला’

गतबर्ष सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीमा मात्रै ६४ वटा निवेदन दर्ता

Related posts