सरुका अंकल सँग अध्ययन गरेका माउन्टका भुपु विद्यार्थिद्धारा सरु बचाउ अभियानमा सहयोग

मंगला गाउँपालिका–५ किमचौरकी ९ बर्षकी सरु बचाउ अभियानमा सरुका अंकल सुर्ज विकसँग सँगै अध्ययन गरेका साथिहरु बाट सहयोग प्रदान भएको छ । माउन्ट एभरेष्टमा कक्षा ११ र १२ सँगै शिक्षा संयाकयमा अध्ययन गरेका साथिहरुबाट ४३ हजार ७ साय २० रुपैयाँ सहयोग प्रदान भएको हो ।
ब्लड क्यान्सर बाट पिडित सरुको उपचारमा आर्थिक अभाव भएपछि विकका साथि विमल पुनको नेतृत्वमा अमर छन्त्याल, दिपक शर्मा, सन्दिप शर्मा रिजाल, ओम अर्मजा, कबिन पुन, रेविका पुन, दिना पुर्जा, दृष्टि शेरचन, किरण ठकुरी, रविना शेरपुञ्जा, ज्योती पुन, गुना गर्बुजा, लक्ष्मी नेपाली, प्रतिक्षा तिलिजा, रजनी फगामी, तुल पुन, गंगा जुग्जाली, किसान भण्डारी, थम आचार्यले संयुक्त रुपमा रकम संकलन गरेर हस्तान्तरण गरेको विकका साथि अमर छन्त्यालले बताउनु भयो ।
स्वदेश तथा विदेशमा रहेका साथिहरुबाट एक साथिको परिवारमा परेको दुखमा मलम लगाउने उद्देश्यले सहयोग रकम संकलन गरी हस्तान्तरणा गरिएको हो । सहयोग रकम लिर्दै सरुका अंकल सुर्ज विकले साथिहरुले दुखको बेलामा गरेको यो सहयोगले खुसीका आँसु बगेको बताउँदै अरु साथिहरुको परिवारमा पनि पर्न सक्ने दुखमा भोलिका दिनहरुमा सबै एक जुट भएरै सहयोग गर्ने बताएका थिए । माउन्ट एभरेष्टका प्रिन्सीपल राजु केसीले माउन्टमा पढेका ७२ सालका ब्याजको हिजोको एकता आज पनि कायम रहेको र दुखको बेलामा एक जुट भएर सहयोग गरेको सुन्न र देख्न पाउँदा यो दुखित क्षणमा पनि खुसी लागेको बताउँनु भयो । उहाँले उक्त विद्यार्थिको व्याजहरुमा अहिले पनि यो एकता देख्दा ७२ सालमा आफुले क्लासमा पढाउँदा खेरीको अनुभव जहिले पनि अन्य ब्याजहरूमा उदाहरण प्रस्तुत गर्ने गरेको बताउनु भयो ।

You can share this post!

कन्ट्रक्याक्ट ट्रेसिङमा परेका मंगलघाटका सबैको पिसीआर रिपोर्ट नेगेटिभ

मराङको अर्वाङ्गमा खेलाडि उत्पादन गर्न १५ दिने प्रशिक्षण

Related posts
error: Content is protected !!