म्याग्दीमा यस बर्ष पहिरोका कारण गतबर्ष भन्दा २.६ प्रतिशतले धान उत्पादन कम हुने

गत बर्षको तुलनामा यस बर्ष म्याग्दीमा २.६ प्रतिशतले धान उत्पादन घट्ने भएको छ । धेरै क्षेत्रफलमा खेती गरीए पनि पहिरोका कारण यस बर्ष म्याग्दीमा गत बर्षको तुलनामा धान उत्पादन कमी हुने कृर्षि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । आर्थिक बर्ष २०७५/७६ मा ३ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा १३९७७.८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस बर्ष ३ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा धान खेती गरीए पनि ३२.५ हेक्टर क्षेत्रफलमा बाढीपहिरेले क्षेति पुगेका कारण १३६०६.२५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरीएको कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनु भयो ।

समयमा पानी पर्नु र लकडाउनको कारणले गर्दा अघिल्लो वर्षको तुलनामा किसानहरुले ०.५६ प्रतिशत क्षेत्रफलमा धान खेती बढी गरेको भएता पनि वाढी र पहिरोको कारणले क्षेती पुर्याएको हुँदा धान उत्पादनमा २.६ प्रतिशतले कमी आउने अनुमान गरीएको पाण्डेले बताउनु भयो ।

तस्बिरः सामाजिक सञ्जालबाट

You can share this post!

म्याग्दीका कोट तथा मन्दिरमा दुइ पुजारी राख्न पाउने बहिरी जिल्ला बाट आएमा क्वारेन्टाइन बस्नु पर्ने

बेनीमा होटेल क्वारेन्टाइनमा बसेका १ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि

Related posts