देविस्थानमा कन्ट्याक्ट ट्रेसिङमा परेका ७ जना कै पिसिआर रिपोर्ट नेगेटिभ

पोखरामा पश्चिम म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थान पन्थोक घर भएकी ३५ बर्षीय एक महिलामा कोरोना संक्रमण देखिए लगत्तै कन्ट्याक्ट ट्रेसिङ्गमा परेका ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । रिपाेर्ट नेगेटिभ अाएसँगै उत्त महिलामा पाेखरामा नै काेराेना संक्रमण भएकाे हुन सक्ने स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु भयाे ।
विभिन्न अस्पताल हुँदै हाल पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहेकी ३५ बर्षको महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको थियाे ।
महिलामा संक्रमण भेटिए सँगै संक्रमित र संक्रमितका परिवारको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको थियो । पिसिअार रिपाेर्ट नेगेटिभ अाए सँगै उनिहरूमा काेराेना संक्रमण नभएकाे पुष्टि भएकाे हाे ।

You can share this post!

मंगला गाउँपालीका एक वाट काठमाडौं गएका एक पुरुषमा कोरोना पुष्टि

जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण

Related posts