म्याग्दीका होटल तथा रेष्टुरेन्टमा राेजगारीमा रहेका करीब एक हजार युवाले रोजगारी गुमाए

कोरोना माहामारीका कारण होटल तथा रेष्टुरेण्टमा काम गर्ने करीब एक हजार युवाको रोजगारी गुमेको छ । १ अर्व भन्दा बढी लगानीमा सञ्चालन भएका म्याग्दीका ३ सय ५० भन्दा बढी होटल तथा रेष्टुरेन्टमा रोजगारीमा रहेका करिब एक हजार श्रमिक युवाहरुको रोजगारी गुमेको होटल व्यवसायि संघ म्याग्दीका अध्यक्ष तथा संघका केन्द्रीय सदस्य बाबुराम आर्चायले बताउनु भयो ।
महामारीले सबै भन्दा बढी म्याग्दीमा प्रभाव पारेको पर्यटन क्षेत्र अन्तर्गत होटल, रेष्टुरेन्ट र यातायत क्षेत्र हो । जसकारण होटल, रेष्टुरेन्टमा मात्रै झण्डै एक हजार श्रमीकहरुले रोजगारी गुमाएका हुन् । आफ्नै घरमा खोलेका बाहेक अन्य होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुले म्याग्दीमा ५० लाख भन्दा बढी भाडा मात्रै तिर्दै आएका छन् । कोरोनाका कारण म्याग्दी सदरमुकाम बेनीमा मात्रै १५ भन्दा बढी व्यवसायीहरु भाडा सम्म तिर्न नसक्दा वन्द गरेर बसेका छन् ।
कतिपय व्यवसायिहरुले भाडा सम्म तिर्न नसकेपछि ताला चापि नै घरभेटीलाई सुम्पिएको आचार्यले बताउनु भयो । होटल तथा ब्यबसायिहरुका लागि यो सिजन हो । बेनीमा सबै होटलहरु भरीभराउ हुने गर्दर्थे तर अचेल मुस्कीलले मात्रै दिनमा एक दुई जना मात्रै ग्राहक आउछन् त्यो पनि यहाँ नआइ नहुने कर्मचारीहरु, र सदरमुकाममा काम परेर आउने आउने ग्रामीण भेगका बासीन्दा, हाईड्रोमा काम गर्ने कर्मचारीहरु मात्रै हुन्छन् संघका सचिव तथा बेनीबजारको इन्द्रेणी टोलमा म्याग्दी होटल सञ्चालन गर्दै आएका सरोज थापाले भन्नु भयो ।
मुस्ताङ्गमा अहिले पनि आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई जान बन्देज छ । मुक्तिनाथ मन्दिर पुजा गर्न सम्म जानलाइ बन्देज गरिएको छ । अधिकांश पर्यटकहरु मुस्ताङ घुम्नलाई नै आउने गर्छन् । यस बर्ष कोरोनाको कारण पर्यटकहरु आएनन् होटलहरु सुनशान छ । अन्नपुर्ण गाउँपालिकाको दानामा होटल सञ्चालन गर्दै आउनु भएका इन्द्रसिंङ शेरचनले बताउनु भयो । मुस्ताङ्ग जिल्लामा पर्यटकहरुलाइ छिर्नका लागि निषेध गरीए सँगै म्याग्दीका होटल व्यवसायि समेत मर्कामा परेका हुन् ।
यति बेला पर्यटकले खच्चा खच हुने म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ घोडेपानिमा समेत पर्यटक छैनन् । पर्यटकहरु नआए पछि बैशाख देखि नै होटल बन्द गरेर पोखरामा रहेको घरमा आएर बसेको छु । कहिले खुल्छ थाहा छैन, घोडेपानीमा ग्रीन भिउ होटल सञ्चालन गरीरहेका शंकर पुनले भन्नु भयो । स्वदेशि तथा विदेशि कुनै पनि पर्यटकको आगमन भएको छैन । प्रर्यटक नभए पछि होटल नै बन्द गर्नु पर्ने स्थिती आएको छ । पहिले जमेर बसेका ब्यवसायिहरु अब पलायन हुने अवस्थामा छन् । यस बाट राज्यले समेत धेरै नै क्षति ब्यहोर्नु पर्ने हुन्छ । ब्यवसायीहरु टिकाउनका लागि सरकार बाट नै बिशेष किसीमको प्याकेज ल्याउनु पर्ने
ब्यवसायीहरूकाे माग छ ।
म्याग्दीमा सबै भन्दा बढी हाेटलहरू सदरमुकाम बेनी बजार, घाेडेपानी, ताताेपानी, दरवाङ, पाेखरेवगर लगाएतका स्थानमा रहेका छन् । काेराेना कै करण पर्यटक नअाए पछि ब्यवसायीहरू मर्कामा परेका हुन् ।

You can share this post!

मुस्ताङबाट जम्मा २ हजार ९ सय ४ च्याङ्ग्रा बाहिरिए मुल्य भने छोइ नसक्नु

काठमाडौंका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल बन्ने

Related posts