बेनी बजारको मंगलघाटबाट पोखरा उपचारका लागि गएकी महिलामा कोरोना संक्रमण

म्याग्दी सदरमुकाम बेनी बजार बेनपा–७ मंगलघाटबाट पोखराको फेवासिटी हस्पिटलमा उपचारका लागि गएकी ५४ बर्षीय एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बाग्लुङ्गको बलेवा घर भएकी उक्त महिलाको परिवारले मंगलघाटमा व्यवसाय सञ्चालन गरेर बस्दै आएको स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो ।
गत असोज 21 गते विरामी भएर उपचारका लागि पोखरा गएकी उक्त महिलामा कोरोना संक्रमण देखिएको र उनी सहित उनको परिवारलाई कन्ट्रयाक ट्रेसिङ्गको काम शुरु गर्न लागेको लम्शालले बताउनु भयो । यस भन्दा अगाडि २३ गते पनि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी विभिन्न अस्पताल हुँदै पोखरा स्थित स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहेकी थिइन् । यो संगै मयाग्दी जिल्ला पनि कोरोना संक्रमणको उच्च जोखिममा परेको छ ।

You can share this post!

“जिन्दगी पानीको फोका बजारमा”

२४ घण्टामा गण्डकी प्रदेशमा ३१ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

Related posts