फाेटो खिच्ने प्रतियोगितामा बानियाँ प्रथम

लायन्स क्लब अफ बेनी पिसीटीको आयोजनामा मंगला गाउँपालिका स्थित झाक्रिपानीको पर्यटन प्रवद्धनका लागि आयोजना गरीएको मिडियाकर्मीहरु बिच फोटो खिच्ने प्रतियोगितामा फोटोग्राफर अनुप बानियाँ प्रथम हुनु भएको छ । म्याग्दीमा क्रियाशिल रहेका ४ पत्रकार र दुई फोटोग्राफर गरी ६ जनाको सहभागीता रहेको उक्त कार्याक्रममा द्धितीय सन्तोष गौतम हुनु भएको छ ।
कार्यक्रममा प्रथम स्थान हाँसील गर्नेलाई नगद रु दश हजार पमाणपत्र र द्धितिय स्थान हासिल गर्नेलाई छ हजार पाँच सय रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको क्लवका सचिव सन्दिप खत्रीले बताउनु भयो । कार्यक्रममा बोल्दै मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले प्रतियोगिताले आन्तरीक पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने बताउनु भयो ।
क्लबका अध्यक्ष खमथापा मगरको अध्यक्षता सचिव खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मंगला गाउँपालिका उपाध्यक्ष केसी, मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु, संस्थापक अध्यक्ष राजेश शाक्य, रिजनलचियर पर्सन लोकेश पुन मगर, जोनचियर पर्सन हिरा देवि उपाध्यक्षले मन्तब्य राख्नु भएको थियो ।

You can share this post!

नेकपा सचेतक चौधरी आईसीयुमा

“जिन्दगी पानीको फोका बजारमा”

Related posts