मराङ विम वाढी पहिरोमा परी ज्यान गुमाउने परीवारलाई गण्डकीप्रदेश सरकारको राहत

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मलिका गाउँपालिका ७ विमका बाढी पहिरोमा परी आफन्त गुमाएका पिडीत परीवार हरुलाई गण्डकी प्रदेश सरकारद्धारा राहत वितरण गरिएको छ । पहिरोमा परि ज्यान गुमाएका ११ परिवारका २० जनालाइ प्रदेश सरकार मार्फत प्राप्त राहात रकम जनही पचास हजारका दरले १० लाख रपैयाँ राहत वितरण गरिएको जिल्ला प्रसाशन कार्यालय म्याग्दीले जनाएको छ ।


चार जना मृतको आफन्त विदेशमा र ३ जनाका परिवारका सदस्य उपस्थित नभएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत राहत वितरण गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।
राहत विरतण गर्दै प्रदेश सरकारका आन्तरीक मामीला तथा कानुन मन्त्रि हरिबहादुर चुमानले बाढी पहिरोका कारण घर गुमाएका हरुकालागि प्रदेश र संघ सरकारको समन्वयमा पुर्नबासका लागि कार्यक्रम ल्याउन लागेको बताउँदै गाउँपालिकाले उचित ठाउँमा जग्गाको व्यवस्थापन मिलाउनु पर्ने बताउनु भयो ।


समाजिक विकास मन्त्रि नरदेवी पुनले तत्कालका लागि राहत उद्धारको काम प्रदेशसरकार मार्फत गरि सकिएको र पिडीत परिवारको पुर्नबास लागि आफुले कदम चालेको बताउँदै घाईतेको उचार खर्च प्रदेश सरकाले व्यहोरेको बताउनु भयो । जिवन संघर्षशिल रहेको र दुखलाई बिर्सेर भविष्य सफल बनाउनका लागि पिडित परिवारले आत्मबल दरो बनाएर लाग्नु पर्ने बताउँदै मन्त्रि पुनले पिडित परिवारको विषयमा सरकारले गम्भिर भएर काम गरेको बताउनु भयो ।
सरकारले बाग्लुङ्ग र सिन्धुपालचोकलाइ लोन लिनका लागि केही कानुनी प्रक्रिया पुरा गर्न मात्रै विपत जिल्ला घोषणा गरेको र विपत व्यवस्थापनका लागि ६ अर्व बजेट दुई जिल्ला मात्रै नभएर देशभरका विपत क्षेत्रको विकासका लागि खर्च गरीने प्रष्ट पार्नु भएको थियो । उहाँले केही ब्यक्तीले क्षणीक भ्रम फिजाएर पिडित परीवारको भावनामा खेलवाड गर्न खोजेको बताउँदै भ्रमका पछि नालाग्न र सुख दुःख दुवै समयमा अहिलेको सरकार रहेको पिडीत परीवार लाई प्रष्ट पार्नु भएको थियो ।


कार्यक्रममा प्रजिअ अधिकारीले बाढी पहिरो ग्रस्त क्षेत्रमा बसोबास गर्ने अन्य ब्यक्तीहरु पनि चनाखो भएर बस्नु पर्ने र कुनै समस्या भएमा प्रशासन वा सम्बनिधत निकायलाई लाइ खबर गर्नका लागि अनुरोध गर्नु भएको थियो । उहाँले जथाभावी मोटरबाटो खन्नाले धेरै ठाउँमा बाढी पहिरो गएको बताउँदैै अब मोटरबाटो निमार्ण गर्दा बस्ती जोखिममा भए नभएको बारेमा जानाकारी लिएर मात्रै खन्नु पर्ने बताउनु भयो ।
विपत व्यवस्थापन समिती म्याग्दीका संयोजक प्रजिअ अधिकारीको अध्यक्षता र मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्याक्रममा धवालगिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले आ–आफ्नो भनाइ राख्नु भएको थियो ।

You can share this post!

पुर्व मन्त्री थापाद्धारा गायत्री मन्दिरको निरीक्षण

१० पसल अनुगम गर्दा एक गाडि म्याद नाघेका खाध्य सामाग्री फेला

Related posts