मिति गुज्रेको सामानलाई नयाँ प्याकेजिङ गर्ने गोदाममा छापा, तीन करोडको सामान जफत

म्याद गुज्रेको सामानलाई नयाँ प्याकेजिङ गरेर बिक्री गर्ने चन्डोलस्थित जोडिकयाक मार्केटिङ डिस्ट्रिब्युटर्सको गोदाममा मंगलबार प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसरले उक्त गोदामबाट तीन करोड मूल्य बराबरको म्याद गुज्रेको सामान बरामद गरेको प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
म्याद गुज्रेको सामान बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उक्त गोदाममा छापा मारेको हो। त्यस डिस्ट्रिब्युटर्सका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगरका सञ्चालक जितेन्द्रकुमार लोइया, अकाउन्टेन्ट मुकेश रौनियार र स्टोरकिपर अनिल मगर छन्। उक्त गोदामबाट प्रहरीले म्याद गुज्रेको बिस्कुट, तेल, क्यान टुनाफिस, डाइपर, टिस्यु, पास्ता, चकलेट लगायत उत्पादन बरामद गरेको छ ।
उनीहरूले म्याद गुज्रेको सामानलाई नयाँ प्याकेटमा, नयाँ मिति हालेर बेच्ने गरेका थिए। उनीहरूमाथि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।
पछिल्लो समय राजधानीका विभिन्न ठाउँमा म्याद गुज्रेको सामानलाई नयाँ मितिको लेबलिङ गरेर पुनः बजार पठाउने गरेका गतिविधि भेटिन थालेको छ ।यसअघि पनि प्रहरीले कलंकीको आयान डिस्ट्रिब्युटर्स र एएसटी प्रालिको गोदाममा छापा मारेको थियो । त्यहाँबाट पनि प्रहरीले म्याद गुज्रेको सामान बरामद गरेको हो ।
सेतोपार्टीबाट

You can share this post!

१० पसल अनुगम गर्दा एक गाडि म्याद नाघेका खाध्य सामाग्री फेला

मुन्द्रेको कमेडी क्लब’बाट किन हटिन् दीपाश्री ?

Related posts
error: Content is protected !!