ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक जना घाईते

अाइतबार राति ११ बजे म्याग्दीको मालिका गाउँपालिका– ७ बिम खरिभिरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् । बिमतर्फ जाँदै गरेको ध १ त ५२६ नम्बरको ट्याक्टर खरि भिरमा दुर्घटना हुदाँ रघुगंगा गाउँपालिका–३ मौवाफाँटका का बर्ष २३ का आषिश खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
त्यस्तै पर्वत जलजला गाउँपालिका–२ का प्रविण परियार गम्भीर घाईते भएका छन् । उनलाई पोखरा स्थित मनिपाल शिक्षण अस्पातलमा थप उपचारका लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना भएको स्थानियले थाहा पाएपछि इलाका प्रहरी कर्यालय दवाङलाई खबर गरेका थिए । दरवाङ टोलि राति २ बजे घटना स्थलमा पुगेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

You can share this post!

तिर्खाले प्याक प्याक कैदी मानव अधिकार आयोग सँग नै हारगुहार

हाप्किडो संघ म्याग्दीको अध्यक्षमा हमाल

Related posts
error: Content is protected !!