२४ घण्टाभित्र २ हजार १२० जना कोरोना संक्रमण पुष्टी अहिले सम्म ५२८ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितहरुको संख्या ८५ हजार नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा शनिबार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ८४ हजार ५७० संक्रमितको संख्या पुगेको जानकारी दिनुभयो ।
त्यसैगरी २४ घन्टमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ४४ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । २४ घन्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएका छन् । आज थप ८ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ५२८ पुगेको हो

You can share this post!

प्रधानमन्त्री सचिवालयका ४ लाई संक्रमण

पत्रकार भए पछि काठमाडौं देखि जिल्लाको कुना कुना भ्रमण गर्न छुट

Related posts