पत्रकार भए पछि काठमाडौं देखि जिल्लाको कुना कुना भ्रमण गर्न छुट

अन्य जिल्लामा भन्दा म्याग्दीमा अझै पनि बाहिरी जिल्ला बाट आउने तथा जिल्ला बाहिर जानेहरुलाइ कडाइ गरिएको छ । कोरोना भाइरस ले विश्व सँगै नेपालमा पनि माहामारीको रुप लिइरहेको बेला जिल्लाबासीहरुको सुरक्षाका लागि भन्दै सर्वसाधरणहरुको लागि म्याग्दीमा जिल्ला भन्दा बाहिर बाट आउँदा ७२ घण्टाको पिसीआर भएमा छिर्न पाउँछन् र आएको ठाउँको प्रकृति हेरी होम क्वारेन्टाइनमा राखिन्छ ।
तर केहि व्यवसायि, पत्रकार तथा कर्मचारीको सेटिङ्गमा काठमाडौंका पत्रकारहरु जिल्ला छिरेर गाउँ गाउँ डुल्न थाल्दा पनि सम्बन्धित पक्ष भने बेखबर बनेको छ । नागरीक दैनिकका पत्रकार अमृत भादगाउँले र कवि दिपेन्द्र थापा जिल्लाका विभिन्न स्थानमा भ्रमण गर्दै हिडेका छन् । स्थानिय केही पत्रकार हरुको साथमा उनिहरु अन्नपुर्ण गाउँपालिकाको पाउदर, खोप्रा, खयर बराह, मोहोरे डाँडा, कर्वाकेली भएर बेनी आउने ६ दिनको प्याकेज बनाएर भ्रमणका लागि निस्किीएको एक स्रोतले बताएको छ।

तस्बिर सामाजिक सञ्जाल बाट

बेनी स्थित कालीपुलमा रहेको होल्डिङ्ग सेन्टरमा मंगला गाउँपालिका–३ बरङ्जाको झाँक्रीपानीमा गएर एकै दिनमा फर्किने भनी टिपाएका छन् । उनिहरुले पिसीआर रिपोर्ट नदेखाएको होल्डिङ्ग सेन्टरका एक कर्मचारीले बताए । पत्रकार भए पछि होल्डीङ्ग सेन्टरमा पिसीआर समेत देखाउन नपर्ने र गाउँ गाउँमा डुल्न पाउने तर सर्वसाधरण भने होम क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै सर्वधारणको गुनासो आएको छ ।
म्याग्दीका सीडियो उमाकान्त अधिकारी पिसीआर गरी बेनी आउँदा समेत क्वारेन्टाइन किन नबसेको भनि रोइलो गर्ने पत्रकारहरु त्यही काठमाडौं बाट आएका भादगाउँले सँग एउटै रुममा बेड सेयर गर्नका लागि भ्रमण निस्कीनु कति उचित छ ? भ्रमणमा भातगाउँले, कवि दिपेन्द्र थापा सहित म्याग्दीका पत्रकारहरु सन्तोष गौतम, प्रताप बानियाँ, धिरेन खत्री र राकेश शर्मा पनि निश्कीएको म्याग्दी उघोग वाणीज्य संघका दिप्तीय उपाध्यक्ष राजेश शाक्यले जानाकारी दिनुभयो ।
यस भन्दा अगाडि पनि म्याग्दीमा परेको विपत्तीमा राहत वितरण गर्नका लागि भन्दै इन्द्रेणीका कृष्ण कँडेल सहितको टिम धौवलागिरी गाउँपालिकाको मराङ्ग र उत्तरी म्याग्दीको दाना सम्म पुगेको थियो । त्यस टिमले पनि होल्डीङ्ग सेन्टरमा पिसीआर रीपोर्ट नदेखाई गएको होल्डीङ्ग सेन्टरको रेकर्डमा देखिन्छ छ । दुवै टोलिले पत्रकारको काड देखाएर जम्बो टिम सहित काठमाडौं देखि म्याग्दीको विभिन्न स्थानमा पुगेर भ्रमण गरेकाहरुले गर्दा म्याग्दी जिल्लामा उनिहरुले भ्रमण गरेका स्थानमा रहेका जनताहरु कोरोना भइरस संक्रमणको उच्चजोखिम रहेको डिसीसीएमसी म्याग्दीको नाम नखुलाउने सर्तमा एक सदस्यले बताउनुभयो ।
म्याग्दीका सर्वसाधरणहरु काठमाडौं बाट आउँदा पनि होम क्वारेन्टाइनमा बस्न भन्दै सम्बन्धित पालिकाबाट खटिएका कर्मचारीले सम्बन्धीत वडा जनप्रतिनिधिहरुको सिफारीसमा मात्रै छोड्ने गर्छन् तर पत्रकार भने यसरी डुल्दै गर्दा कसैले पनि प्रश्न सम्म उठाउन नसकेको सार्वधारणले गुनासो गरेका छन् ।
म्याग्दीमा केही समय अगाडि सम्म पनि कोरोना माहामारीका कारण जिल्लाका सर्वसाधरणहरुमा समेत आगमन तथा निगमन बन्ध अवस्थामा रहेको थियो । सर्वसाधरणहरु लाई एक ठाउँबाट अर्काे ठाउँमा जान समेत निषेध गरिएको थियो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सो स्थानमा जानेहरु लागि संम्बन्धित गाउँपालिका लाई खबर गरेर मात्रै जाने भएकाले यस बारेमा आफु जानाकार नभएको बताउनु भयो । यसरी समुदायमा नै कोरोनाको उच्चजोखिम ( रोड जोनमा ) रहेको काठमाडौंका पत्रकार सहित जिल्लाका पत्रकारहरु गाउँगाउँमा पुग्दा ग्रामीण समुदाय कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । भादगाउँले सँग पिसीआर भएको नभएको बारेमा सोध्न खोज्दा भादगाउँले सँग मोवाइल सम्पर्क हुन सकेन ।

You can share this post!

२४ घण्टाभित्र २ हजार १२० जना कोरोना संक्रमण पुष्टी अहिले सम्म ५२८ जनाको मृत्यु

एक म्याग्देलीको काठमाण्डौमा कोरोना संक्रमणबाट निधन

Related posts