जन्मदिनको अवसरमा नेवीसंघ नेता पौडेलद्वरा कापीकलम वितरण

नेपाल विद्यार्थि संघका नेता तथा युवा जागरण ( सजगता ) अभियान पर्वतका संयोजक जगतशंकर पौडेल आफ्नो जन्मदिनको अवसरमा आफुले अक्षर चिनेको विद्यालयमा अध्ययन गर्ने विद्यार्थिलाई कापीकलम वितरण गर्नुृ भएको छ । जलजला गाउँपालिका ५ कुवापानीमा रहेको गिद्देश्वर आधारभुत विद्यालयमा अध्ययन गर्ने वालकक्षा देखि ५ कक्षा सम्मका विद्यार्थिलाई कापीकलम वितरण गर्नुभएको हो ।

२८ औं जन्मदिनको अवसरमा विद्यालयमा अध्ययन गर्ने २८ जना विद्यार्थिहरुलाई ६ महिना सम्म चाहिने कापीकलम उपलब्ध गराउने बचन सहीत कापीलम वितरण गरेको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तुलबहादुर पुनले बताउनु भयो ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थिहरुलाई कापीकलम वितरण गरीएको थियो । वितरण कार्यक्रममा समाज सेवी मनकुमारी पाइजा,  नेपाली काँग्रस पर्वतका नेता गोविन्द पौडेल, यामशर्मा पौडेल, विद्यालयका प्रअ थलराम पौडेल स्थानिय बुद्धिजिवी रामचन्द्र पौडेल, दुतबहादुर पुन, लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पौडेले आफुलाइ सेरयुग ट्रस्टले उच्च शिक्षा हासिल गरेकोमा सम्मान गरि प्रदान गरेको पुरस्कार पनी विद्यार्थीहरुको शैक्षिक गतिविधिमा सहयोग गर्ने बताउनुभयो ।

You can share this post!

हृदयविदारक घटना दागबत्ती दिने समेत कोहि भएन

गृहमन्त्रीद्वारा कालापानी क्षेत्रमा हवाई निरीक्षण

Related posts