२४ घन्टामा १३ सय २५ जनामा कोरोना संक्रमण, ९ सय ६६ डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा १३ सय २५ जनामा कोरोना संक्रमण भएको बताउनु भएको हो । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ । त्यसैगरी २४ घण्टामा ९ हजार ५८४ पीसीआर परीक्षण भएका छन् ।

You can share this post!

नेपाली सेनाका कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु

म्याग्दीका बानियाँको उपन्यास महारानी लाई मदन पुरस्कार

Related posts
error: Content is protected !!