लायन्स क्लव बेनी पिस सिटीद्धाराएक विद्यालय र जिप्रका म्याग्दी लाई सहयोग

लायन्स क्लव बेनी पिस सिटी म्याग्दीले शुक्रबार रघुगंगा गाउँपालिका–२ राखु भग्वतीमा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालय र जिल्ला प्रहरी कार्यालय म्याग्दी लाई सहयोग गरेको छ । विद्यालयलाई ६४ हजार मुल्य बराबरको दुई सेट कम्युटर र जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई एक सय थान फेसशिल्ड र १० लिटर सेनिटाईजर सहयोग गरेको क्लवका संस्थापक अध्यक्ष राजेश शाक्यले बताउनु भयो ।


क्लवका अध्यक्ष खम थापा मगर, लायन्स क्लव अफ ३२५ बि १ नेपालका रिजन चियर पर्सन लोकेश पुन मगरले विद्यालयका प्रधानाध्यापक तोरण बहादुर श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरलाई सो सामाग्रीहस्तान्तरण गरिएको थियो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, पुर्व अध्यक्ष नरेश श्रेष्ठ लगाएतका क्लवका सदस्यहरुको उपस्थिती रहेको थियो ।

You can share this post!

एउटा इन्जिन र चार बोगीसहितको रेल शुक्रबार जनपुर आइपुग्यो ( फाेटाे फिचर )

राष्ट्रपति विद्यादेवी भण्डारीबाट म्याग्दीका सुरत केसी विभूषित

Related posts