कृषिका कुरा–एक, मैले देखेको मेरो कृषि फार्मको मोडेल, अबकाश पछिको मेरो पेशा

कृषि क्षेत्रमा आजभोली धेरै चर्चा हुने गर्दछ । कोही कृषिको सकारात्मक कुराकानी गर्दछन् त केही एकदमै नकारात्मक । कृषि क्षेत्रमा जे जस्ता कुरा चलेपनी कृषि मानव जीवनको वाच्ने आधार हो । यो विश्वमा सवै मानिसले कृषिको नकारात्मक कुरा गर्दै जाने हो र कृषि कार्य गर्न छाड्ने हो भने, के हाम्रो जीवन संभव छ ? पक्कै संभव छैन । तसर्थ मानव सभ्यता रहेसम्म कृषिका कुरा चलिरहन्छ । कोही यसलाई अंगाल्दछन कोही परित्याग गर्दछन ।
कृषि कार्य गर्न जमिन, पानी, लगानी प्रविधि, श्रम लगायतका धेरै कुराहरुको प्रवन्ध मिलाउनु पर्दछ । यतिका ब्यवस्था मिलाउने कृषकले प्रतिफल र नाफा को अपेक्षा गरेको हुन्छ । सोचे अनुसारको प्रतिफल र नाफा प्राप्त गर्न नसकेर कृषि पेशाको परित्याग गर्ने, नकारात्मक कुराहरु गर्ने जनसंख्यामा कृषि उपज भण्डारण गर्नु अगाडी असिना, खडेरी, बाढी, पैरो, रोग किराको प्रकोपका कारण नष्ट हुने जोखिम पनि रहने भएको कारण कहिले त शुन्य प्रतिफल हुनाले कृषकलाई निराश बनाएको पक्कै होला । विभिन्न जोखिमका वावजुद आएको कृषि उपजले बजार नपाउने बजार पाए पनि उचित मुल्य नपाएपछि कृषकमा कृषिका कुरा गर्न र सुन्नै मन नलाग्ने अवस्था पक्कै पनि आउन सक्ला ।
आज भोली १०–१५ वर्ष जागिर गरेकाहरुले कृषि कर्म गर्न भनेर स्वेच्छिक रुपमा जागिर परित्याग गरेकाहरु पनि छन । विदेशमा मासिक लाख रुपैया भन्दा बढी आम्दानी गर्नेहरु नेपालमा कृषि फार्महरु संचालन गरि प्रशस्त आर्थिक उपार्जन गरेर सफल कृषक बनेका पनि छन् । कोही ब्यक्तिहरुले कृषि क्षेत्र एकदमै संभावनाको क्षेत्र हो भनि कृषि पेशामा भर्खर होमिएका, केही कृषि पेशा अंगाल्ने तरखर गरेका ब्यक्तिहरु पनि छन् ।
कृषि लाई सफल पेशाको रुपमा हेर्नेहरु र अगाल्ने ब्यक्तिहरु लाई पनि ३ किसिमका समूहमा विभाजन गर्न सकिन्छ । पहिलो समूह हो प्रकृति र मानव जीवनको भविष्यलाई ख्यालै नगरी कृषि कार्य गर्ने समुह । दोस्रो समूह प्रकृति भन्दा मानव स्वास्थ्य संवेदनशील हो भनि मानव स्वास्थ्यलाई मात्र ख्याल गर्ने समुह तेस्रो समुह हो प्रकृति र मानव जीवन दुवै पक्षलाइ सन्तुलित रुपमा हेरि कृषि कार्य गर्ने समूह ।
रातारात धनि हुने मनसायका साथ रासायनिक मलहरु , औषधीहरु प्रयोग गरी कृषि कार्य गर्दा धेरै र छिटो उत्पादन लिई कृषकले ब्यक्तिगत फाइदा त लिन सक्ला तर यस्तो कार्यले प्रकृति र मानव जिवनलाई दिगो फाइदा नपु¥याइ हानी पु¥याइ रहेको हुन्छ । कृषि पेशा लाई दिर्घकाल सम्म संचालन गर्ने नसकिने, मानव जीवनको स्वास्थ्य मै धेरै जोखिमहरु उत्पन्न भै रहेको अवस्था छ । प्रदुषण बढ्न जाँदा रोग किराको प्रकोप झनै खतरनाक हुन थालेको अवस्था छ । रासायनिक मल र विषदीहरुको अवशेष कृषि उपजमा रही रहने र त्यसको उपयोग मानिसले गर्ने हुँदा मानव स्वाथ्यमा त्यसको प्रतिकूल असर पर्न गई क्यान्सर, मुटु, कलेजो, मृगौला, मास्तिष्क र फोक्सो जस्ता अंगहरुमा समस्या आई मानव जीवनमा गम्भिर रोगहरुको सामना गर्न जीवन भरीको कमाई खर्च गर्नु पर्ने अवस्था आएर दुखदायी जीवन विताउनु परेको छ ।
अर्का थरीले प्राङ्गारिक खेति प्रणाली अपनाएर मानव स्वास्थ्य प्रति संवेदनशील वनेका समूहहरुको योगदानका नकारात्मक टिप्पणी गर्न मिल्दैन । यस्ता कृषकहरु महान हुन् । समाज परिवर्तनका संवाहक हुन । मेरो मास्तिष्कमा गहिरो रुपमा रहेको विषय उभचmबअगतिगचभ हो । यसलाई उभचmबलभलत बनचष्अगतिगचभ पनि भन्न सकिन्छ । अव नेपालमा पर्माकल्चर भनि हिड्नेहरु धेरै भै सकेका छन् । यसका संस्थापक अस्ट्रेलियन प्रकृति विद वैज्ञानिक द्यष्िि ःयििष्कयल बलम म्बखष्म, ज्यmिनचभल हुन् । यसले पर्यावरण, कृषि र भू–धरातल को अन्तर सम्वन्धलाई स्वीकार गरी कृषि कार्य गर्ने विषयमा जोड दिन्छ । यसले कुनै पनि चिज खेर फाल्नु हुदैन । वस्तु खेर फाल्दा प्रदुषण हुन्छ भन्ने मान्यता राख्दछ । परम्परागत कृषि भनेको एक वर्षे बालीहरु को वाहुल्य हुनु हो भने प्रकृतिमा वहुवर्षे रुख वोटहरु को वाहुल्यता रहेको हुन्छ । तर अव पर्माकल्चर अनुसार यी दुवै लाई सन्तुलित गरि लगाउनु पर्दछ भन्ने मान्यता राख्दछ । यस पद्धति अनुसार खेति गर्ने हो भने हामी थोरै भन्दा थोरै लगानीवाट सम्पन्न गर्न स्थानीय स्रोत साधनहरुको प्रयोग गर्नु पर्दछ भन्ने मान्यता राखेको पाइन्छ । यसले रासायनिक मल र विषादीहरुको प्रयोग गर्न निशेध गर्दछ । यसको मुख्य धेय भनेको प्रकृति र मानवीय जीवनको रक्षा गर्नु हो । यसका १२ प्रकारका सिद्धान्तहरु छन् । जुन यस प्रकार रहेका छन् ।
१) अवलोकन गरेर प्रतिक्रिया गर्ने ।
२) उर्जा खोजी गरेर संग्रह गरी राख्ने ।
३) उत्पादन लिने ।
४) नवीकरणीय स्रोत साधन, सेवाको मूल्यलाई प्रयोग गर्ने ।
५) फोहोर उत्पादन नगर्ने ।
६) एकमुष्ट र विस्तृत दुवै किसिमको ढाँचा तयार गर्ने ।
७) छुट्टै नगरेर एकमुष्ट रुपमा खेति गर्ने ।
८) स्व नियमन प्रणालीको प्रयोग गर्ने, पृष्टपोषणको स्वीकार गर्ने ।
९) विविधताको मूल्य र प्रयोगमा जोड दिने ।
१०) किनाराको प्रयोग र सिमान्तकृतहरुको मूल्य लाई महत्व दिने ।
११) साना र विस्तारै समाधान गर्ने ।
१२) परिवर्तनको सिर्जनात्मक रुपमा प्रयोग गर्ने ।
यी सिद्धान्तहरुको प्रयोग अध्ययन अनुसन्धानका साथसाथै ब्यवहारिकता र स्थानयि भू–वनोट, परम्परागत कृषि पद्धति जस्ता धेरै विषयवस्तुलाई ध्यान दिन जरुरी देखिन्छ । उदाहरणको रुपमा चौथो सिद्धान्तमा नवीकरणीय स्रोत साधन र सेवाको मूल्यलाई प्रयोग गर्ने , विषयमा वर्षातको पानी नवकिरण स्रोत साधन हो । यसको प्रयोग गर्न भण्डारण गर्नु पर्दछ । वर्षातको पानीको भण्डारण गर्दा मरुभूकी क्षेत्रमा गर्ने विधि र प्रकृया चिसो हावापानी भएको क्षेत्रको भन्दा फरक विधि र प्रकृया अपनाई गर्नु पर्ने हुन्छ । किनकी मरुभूमीमा भण्डारण गरिएको पानी बढी वाष्पिकरण प्रकृयावाट नष्ट हुने भएकोले च्बष्ल धबतभच जबचखभकतष्लन गर्दा चिसो रही रहन सानो भाग खुल्ला राखी भण्डारण गर्ने भाडोको सवै भाग तापको कुचालक द्यबम अयलमगअतयच बाट वनाइनु पर्दछ । तव भित्रको पानी वास्पीकरण विधिवाट सकिन सक्दैन सरंक्षण भै रहेको हुन्छ ।
तर, चिसो हावापानी भएको क्षेत्रमा त्यसरी च्बष्ल धबतभच जबचखभकतष्लन कथकतझ बनाउन अनावश्यक खर्चको रुपमा हेर्न सकिन्छ । त्यसैगरी बुदा नं ६ मा उललेखित एकमुष्ट विस्तृत ढाँचा तयार गर्ने विषयमा खाद्य ढाचाँ कस्तो हुने, क्षेत्रगत अवस्था, पानीको संकलन, जैविक विविधता, सिंचाई प्रणाली, mगतिषबचm मा कुन फार्महरु राख्ने लगाएतका बिषयहरु समेटेर एकमुष्ट ढाँचा तयार गर्नु पर्दछ । mगतिषबचm अन्तरगतका विभिन्न फार्महरुको अन्तर सम्वन्धका विषयमा विस्तृत रुपरेखा पनि तयार पार्नु पर्दछ । यो विषय नेपालको हिमाली क्षेत्रमा स्याउ फार्म, ओखर फार्म, सतुवा फार्म, भेडा च्याङ्ग्रा फार्महरु हुन सक्दछन् भने तराई क्षेत्रमा माछा पालन फार्म, कुरिलो फार्म, केरा फार्म, भुईकटहर, आँप, लिची जस्ता फलफुल धान खेतमा माछा पालन पनि रहन सक्दछ । प्राङ्गारिक रुपमा खेती गर्न तराईमा लाग्ने रोग किरा पहाडका रोग किरा भन्दा फरक रुपमा लाग्ने भएको हुँदा प्राङ्गारिक खेति प्रणलीमा तराईमा पहाडमा भन्दा फरक रोग किराको नियन्त्रण गर्नु पर्ने अवस्था रहन्छ ।
मानव जीवन र प्रकृतिको रक्षाका लागि उपयोगी हुने देखेर मेरो जीवनकमा पर्माकल्चर प्यारो हुन थालेको छ । यसले जोड दिने वहुफर्म, वहु तह खेती सिद्धान्त, जैविक विविधताको संरक्षण गर्ने सिद्धान्त, स्थानीय स्रोत साधनको प्रयोग गर्ने कुरा गर्न मन छ । आफ्नो खेत वारीमा खेती गर्ने नक्सा कोर्न थालेको छु । मेरो सपना भनि कुनै चित्रकारलाई चित्र कोर्न दिएको मेरो कृषि क्षेत्रमा पर्माकल्चर सम्वन्धी तयार गरेको रुपरेखा सार्थक वनाउन मन छ ।
अन्त्यमा धेरै साना इकाइहरु जोड ठूलो हुन सक्दछ । धेरै साना इकाइहरु हुँदा २–४ वटा एकाईहरु नोक्सान भए पनि विविध फार्महरु एक साथ संचालन गर्ने प्राकृतिक रुपमा संचालन गर्नु राम्रो हुने भएकोले कुनै एक दिन चित्रकारलाई चित्र कोर्न दिंदा मैले आफ्नो पैतृक जग्गामा वहुतले फार्म कल्पना गरी तयार पारेको मेरो भविष्यको कृषि फार्म भनि फार्म भित्र भण्डारण वाटोहरु, अवलोकन वाटोहरु निमार्ण गर्ने, त्यस वाटोको दाँया, वायाँ लेमन ग्रास र भूइँकटहर पालैपालो रुपमा लगाउने भुईकटहर फलेर पाकेको अवस्थाको चित्र तयार पार्ने सोच, वगैचाका रुखको छहारी नजिकै पात पतिंगर पोखरी भित्र नपर्ने गरी जाली राखिएको र पोखरीको पानी वाष्विकरण हुन नसकेको अवस्था त्यस पोखरीमा रङ्गी चङ्गी माछाहरु खेली रहेको अवस्था, २०–३० वटा एभोकाडोका रुखहरु लगाएको एउटा अलि परको एभोकाडो फार्म भित्र घाँसहरु माथि लहरे आँपका लहरा विशेष आकृतिमा सजाउने यसका लहराहरुले एभोकाडोलाई भेटन नसक्ने गरी लगाउने र त्यस फार्मको तल घाँस खाँदै बसेका १०–१२ वटा खरायो नजिकै वसेर मैले खुसी हुँदै खरायो हेरेको दृष्यलाई सार्थक वनाउनु छ । घर नजिकै लगाइएको आँपको रुखमा बनाइएको अवलोकन कक्षवाट मेरी श्रीमतीले खरायो सँगै खेलरिहेको श्रीमानलाई हेरेको दृष्यको चित्र आफ्नो कोठाको भित्तामा राख्न मन छ । त्यसैगरी अनारका रुखहरुरु मुनी किराहरु खोज्दै खाँदै गरेका कड्कनाथ नामका काला कुखुराहरुको तस्वीर राख्ने दिनको खोजीमा छु । अवलोकन स्थलवाट पानीको फोहोरा फाल्ने सिचाई प्रणालीमा देखिएका इन्द्रेणीहरुको तस्वीर कोर्न लगाई भित्तामा राख्ने दिनको प्रतिक्षामा छु । मेरी छोरीले फूलहरु मन पराउने भएकोले सुन्दर फुलहरु लाई पानी दिइरहेको दृष्य छोराहरु कुकुर लिएर माछा पोखरीमा रंगिन माछाहरु निकालेर हातमा लिएको दृष्य त्यसैगरी मेरो सपनालाई पुरा गर्न तम्तयार भई च्याउको अध्ययन अनुसन्धान गर्न ब्यस्त मेरा सन्ततिहरु इचनबलष्अ अभचतषष्अबतष्यल या लभउब िद्धारा अभचतषष्भम ाययम ष्तझक हरु राखेर नजिकैको बिक्री कक्षवाट आर्जन भएका रुपैया पैसावाट परिवारका इच्छा आकांक्षा पुरा भइ खुसी भएको अवस्था जुन मैले कल्पना गरेर बनाएको चित्र छ । यो पर्माकल्चर पद्धतिसंग मिल्दो कल्पना हो । यसले जैविक विविधतालाई धेरै नै बढाउन मद्धत गर्दछ । प्रकृति र मानव स्वास्थ्य लाई बचाउने भएकाले अव हाम्रो नेपालमा यस्ता कृषि फार्महरु मार्फत कृषि पर्यटन पनि प्रवद्र्धन हुने र आर्थिक उन्नति मार्फत देशको सवै नागरिकलाई सुखी र खुसी एवं समृद्धिको अवस्थामा पु¥याउन सकिन्छ । कृषिका कुरा फेरी पनि गर्ने प्रतिज्ञा सहित विदा हुन चाहान्छु ।
लेखक ज्ञानराज कोइराला उप–सचिव तहका कर्माचारी हुनुहुन्छ । उहाँ हाल म्याग्दी जिल्लाका जिल्ला समन्वय अधिकारीको रुपमा कार्यारत हुनुहुन्छ । काेइरालाकाे घर स्याङ्जा चापाकाेट नगरपालिका ९ बैडी हाे । 

You can share this post!

लाहुरेदेखि उद्योग बाणिज्य सङ्घको अध्यक्षसम्म

म्याग्दीमा दुई बर्षयता १८ बलत्कार, बलतकृत हुने मध्य १० वालवालिका

Related posts
error: Content is protected !!