सरकारले ओम्नी समूहलाई एक वर्षका लागि कालोसूचीमा राख्यो

सरकारले ओम्नी समुहलाई एक वर्षका लागि कालोसूचिमा राखेको छ । विवादास्पद स्वास्थ्य सामग्री खरिदमा सहभागी ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) ओम्नी समुहलाई सरकारले नै संरक्षण गरेको भन्दै आलोचना भइरहेको बेला सरकारले एक वर्षका लागि कालोसूचीमा राखेको हो ।


सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको जनाएको छ । स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नी समुहलाई कालोसूचीमा राखीएको हो । अब एक वर्ष सार्वजनिक निकायका कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन नपाउने गरि ओम्नी समुहलाई कालो सुचिमा रखिएको छ ।
कोरोना भाइरस ( कोभिड–१९ ) को संक्रमण देखिसँगै विभागले चिनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नी सँग सम्झौता गरेको थियो । तर बिना प्रतिस्पर्धा महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो । ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेको भन्दै सम्झौता रद्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।

You can share this post!

गत आर्थिक बर्ष भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीबाट एक करोड २७ लाख २० हजार अनुदान वितरण

डाक्टर केसीले जुम्लाबाट सुरू गरे १९ औं सत्याग्रह

Related posts