गत आर्थिक बर्ष भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीबाट एक करोड २७ लाख २० हजार अनुदान वितरण

गत बर्ष म्याग्दीका कृषकहरुलाई एक करोड २७ लाख २० हजार अनुदान वितरण गरेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । गत आर्थिक बर्ष २०७६÷०७७ मा गण्डकी प्रदेश सरकार बाट प्राप्त भएको उक्त अनुदान रकम बाट जिल्ला भित्रको एक नगरपालिका सहित पाँच गाउँपालिका र छिमेकी जिल्ला मुस्ताङ्गका कृषक तथा फार्महरुलाई अनुदान वितरण गरेकोे भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख नारायण कुसुमले जानाकारी दिनु भयो ।
अनुदान रकमलाई विभिन्न ८ वटा शिर्षकमा वितरण गरिएको छ । मोडल फार्म शिर्षकमा १ करोड १ लाख रुपैयाँ वितरण गरिएको छ भने बाँकी ७ शिर्षकमा २६ लाख २० हजार रुपैयाँ अनुदान वितरण गरेको कार्यालयले जनाएको । मोडल फार्ममा म्याग्दी जिल्लाका लाई एक फार्म बराबर २ लाख पचास हजारका दरले वितरण गरिएको छ भने मुस्ताङ्ग जिल्लाका फार्महरुलाई तिनलाखका दरले वितरण गरिएको हो । मोडेल फार्म अन्तर्गत भेडाबाख्रा, गाईभैसि, मिश्रित, कुखुरा र माछा पालन गरि ४० फार्महरुलाई अनुदान वितरण गरिएको हो ।
बाख्रापालनमा २१ वटा फार्महरु ठुलोबगर बाख्रापालन फार्म अन्नपुर्ण ७, बराल बाख्रापालन फार्म मंगला २ हिदी, डाडाँखर्क बाख्रापालन फार्म मालिका १ निस्कोट, बेगखोला शिरवारी भेडाबाख्रा पालन फार्म रघुगंगा १ बेग, कृष्ण बहुउेश्यीय कृषि तथा पशुपालन फार्म बेनपा ६ चुत्रेनी, उत्सव बाख्रापालन फार्म अन्नपुर्ण ५ शिख, ओस्कार भेडाबाख्रा पालन फार्म रघुगंगा १ वादुक, सिद्ध भेडाबाख्रा पालन फार्म रघुगंगा ६ पाखापानि, पिप्ले राघुघाट कृषि फार्म रघुगंगा–३ पिप्ले, व्यवसायिक विपिन बाख्रापालन फार्म मालिका ४ ओखरबोट, कृषि तथा पशुपालन फार्म अन्नपुर्ण ५ शिख पाउदार, सज्जन कृषि तथा पशुपंक्षि फार्म रघुगंगा २ भगवती, पुरानो देउराली भेडा तथा बाख्रा पालन फार्म रघुगंगा ६ पाखापानि, पुनम भेडा बाख्रा पालन फार्म अन्नपुर्ण १ दोवा, रानिबास बाख्रापालन फार्म मंगला ३ बरंजा, ओमप्रकाश भेडा बाख्रापालन फार्म अन्नपुर्ण १ दोवा, कालिगण्डकी भेडा बाख्रा पालन फार्म रघुगंगा २ भगवती, गर्वुजा बाख्रापालन फार्म धौवलागिरी ६ मराङ्ग, मुसुङखानी बाख्रापालन फार्म बेनपा ३ भकिम्ली, अमन आधुनिक बाख्रा पालन फार्म रघुगंगा ३ पिप्ले र थापा बाख्रा पालन फार्म अन्नपुर्ण ३ दाना लाई २ लाख ५० हजारका दरले अनुदान वितरणको कार्यालयले जनाएको छ ।


त्यसै गरि मोडल गाईभौंसी पालन अन्तर्गत के.पी पोल्ट्री एण्ड पशुपालन फार्म बेनपा–६ अर्थुङ्गे, शर्मा पशुपंक्षि फार्म बेनपा–७ कुरिलाखर्क, सुगम पशुपन्छी तथा कृषि फार्म बेनपा–६ थाकनपोखरी, सिताराम गाईभौंसी पालन फार्म बेनपा–४ सिंगा, राम पशुपंक्षि फार्म बेनपा–६ अर्थुङ्गे, शिबसंकर कृषि तथा पशुपालन फार्म रघुगंगा–३ पिप्ले, आशिका गाईभौंसी फार्म बेनपा ४ सिंगा गरि ७ वटा फार्मलाई पनि २ लाख ५० हजारका दरले कार्यालले अनुदान वितरण गरेको हो ।
कार्यालय बाट ७ वटा मोडल कुखुरा फार्महरुलाई पनि अनुदान वितरण गरिएको छ । शिख पाइजा पोल्ट्री फार्म अन्नपुर्ण ५ शिख, के. सी पोल्ट्री फार्म बेनपा २ बगरफाँट, सुवेदी पोल्ट्री फर्मा धवलागीरी ७ ताकम, धौलागिरी पोल्ट्री फर्मा धौवलागिरी ७ ताकम, हाम्रो कृषि फर्मा बेनपा ८ एक्लेखोरिया, पुरी पोल्ट्री फार्म बेनपा ८ काउलेगौडा र सापकोटा कृषि तथा पशुपालन फार्म मंगला ५ पिपलबोटका कृषक हरुलाई पनि २ लाख ५० हजारका दरले अनुदान विवतरण गरिएको हो । कार्यक्रम अन्तर्गत दुईवटा माछा पालन तथा एक मीश्रीत फार्मलाई पनि सो अनुदान वितरण गरीएको हो । माछापालन तर्फ तातोपानी रेन्वोट्राउट फार्म अन्नपुर्ण २ तातोपानी, मजुवाखोला कृषि तथा पशुपालन फार्म मालिका ४ ओखरवोट र मिश्रीत तर्फ के.सी पोल्ट्री फार्म वेनपा १ हुलाके लाई दुई लाख ५० हजारका दरले अनुदान उपलब्ध गराईएको हो । त्यसै गरि हिमाल पारिको जिल्ला मुस्ताङ्गमा पनि कार्यालयले मोडल फार्म अन्तर्गत २ वटा फार्मलाई तिन लाख रुपैयाँका दरले अनुदान वितरण गरेको छ । घरझोङ्ग ५ ठिनीमा रहेको निलगिरी उन्नतजात गाइपालन फार्म र निलगिरी बाख्रापालन फार्म लाई अनुदान वितरणको हो ।
भेडाबाख्रा पकेट कार्यक्रम अन्र्तगत अन्नपूर्ण गाउँपालिका २ तातोपानीमा रहेको पुनहिल बाख्रापालन समुहलाई ५ लाख, गाईभैंसी पकेट कार्यक्रम अन्र्तग शुभकामना कृषि सहकारी संस्था लाई ५ लाख, एक निवार्चन क्षेत्र एक नमुना घाँसेवाली श्रोत केन्द्र विकास कार्यक्रम अन्र्तगत बेनी नगरपालिका–३ भकिम्ली र धौवलागिरी गाउँपालिका ७ ताकम का क्रमश ः श्रीस बहुउदेश्यीय तथा पशुपालन कृषि फर्म र प्रम पशुपालन तथा बहुउदेश्यीय कृषि फर्म लाई एक, एक लाख अनुदान रकम वितरण गरिएको प्रमुख कुसुमले जानाकारी दिनु भयो ।


त्यसैगरी फ्रेस हाउस सुधार कार्यक्रम अन्तर्गत बेनपा १ रत्नेचौरको कैशिला फ्रेस हाउस, बेनी नगरपालिका ७ बालमन्दीर चोकको थकाली फ्रेस हाउस, अन्नपुर्ण–२ भुरुङ्ग तातोपानिको भुरुङ्ग तातोपानि मिट सप्लायर्स एण्ड फ्रेस हाउस, बेनपा ६ अर्थुङ्गेमा रहेको बानियाँ फ्रेस हाउस, बेनपा ४ तातोपानी को गिरी फ्रेस हाउस र अन्नपुर्ण गाउँपालिका –६ पोखरेबगरको थापा फ्रेस हाउस लाई एक एक लाख रुपैयाँ गरि ६ लाख रुपैयाँ वितरण गरेकोे कार्यालयले जनाएको छ । डेरी पसल सुधार कार्यक्रम अन्तर्गत बेनपा १ अर्जम मा रहेको भुमेबराह दुग्ध सहकारी संस्था, बेनपा ७ मंगलघाटमा रहेको सनम दुग्ध डेरी उद्योग , बेनपा ८ कालीपुलमा रहेको शुभकामना डेरी र राम्चे डेरी तथा चिज उद्योेग लाई रु पचास, पचास हजारका दरले दुइ लाख रुपैयाँ वितरण गरेको छ । कार्यालयले पशु नश्ल सुधार प्याकेज कार्यक्रम बोका वितरण कार्यक्रम अन्तर्गत बेनपा २ खबराको खबरा कृषि तथा बाख्रा फार्म, बेनपा ३ भकिम्लीको बेलढुङ्गा मुसुङ कृषि तथा पशु फार्म , बेनपा ६ माखेतको घरेनी पशुपालन तथा कृषि फार्म , रघुगंगा गा.पा–२ भगवतीको नौली बराह भेडाबाख्रापालन फार्म, रघुगंगा २ भगवतीको, देउराली भेडाबाख्रापालन फार्म, मालिका १ निस्कोटको निल बाख्रापालन फार्म, मालिका ५ देखीस्थानको देविस्थान एकिकृत कृषि तथा पशुपंक्षी फार्म, बेनपा २ बाङ्गेधाराको कटुवाल कृषि तथा पशुपन्छी फार्म, मंगला ४ बरंजाको कुसुम बाख्रापालन फार्म, बेनपा ३ छेपारेको कुमारी पशु पन्छी फार्म, अन्नपुर्ण ५ शिखको बिकाश बाख्रापालन फार्म, मंगला २ सल्यानको नरबदा कृषि तथा पन्छी फार्म, रघुगंगा ३ पिप्लेको हिमाली कृषि तथा पशुपन्छी विकास फार्म, बेनपा ४ सिंगाको ब्रदर्स कृषि पशु पन्छी फार्म, बेनपा ९ तोरीपानीको मनिस व्यवसायिक बाख्रपालन फार्म, बेनपा ९ तोरीपानीको पुरानो व्यावसायिक बाख्रापालन फार्म, अन्नपूर्ण ४ नारच्याङको निर्मल बाख्रापालन फार्म र अन्नपूर्ण एक दोबाको मनकामना बाख्रापालन फार्म गरि २० वटा फार्म लाई पच्चीस पच्चीस हजारका दरले ५ लाख रुपैयाँ वितरण गरिएको प्रमुख कुसुमले जानकारी दिनुभयो ।
त्यसै गरि रांगो वितरण कार्यक्रम अन्तर्गत अन्नपुर्ण पशुपालन फार्म थासाङ–३ लेते र केन्जन बहुउदेश्यीय कृषि फार्म फार्म लाई ६०÷६० हजारका दरले वितरण गरिएको कार्यालयले जनाएको छ । अनुदान वितरण कार्यालयले निकालेको सुचनाअनुसार फम भएका संस्था तथा फर्म हरुलाई अनुदान बितरण गरिएको जिल्ला प्रमुख कुसुमले जानाकारी दिनु भयो ।

You can share this post!

दर्पण रोका मगरका चार गजल

सरकारले ओम्नी समूहलाई एक वर्षका लागि कालोसूचीमा राख्यो

Related posts