कालिज फर्मामा पसेको चितुवा नियन्त्रणमा

बेनपा–४ सिंगा स्थित हरियालि कृषि फर्मामा पसेको चितुवालाई नियन्त्रणमा लिईएको छ । राष्ट्रिय प्रकृतिक संरक्षण कोष जैबिक बिबिधता केन्द्र चितवन बाट आएको प्रविधिक टोलिले शुक्रबार राति चितुवालाई जिवितै उद्वार गरेको जिल्ला बन कार्यालय म्याग्दीले जनाएको छ । चितुवालाई डार्टगनको साहयताले लठ¥यााएर नियन्त्रमाण मा ल्याईको हो ।
करिब तिन बर्षको उक्त चितुवा को तौल ३५ केजि रहेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । उक्त चितुवाले फर्मामा रहेका ६८ वटा कालिज खाएको हरियालि कृषि फर्माका सञ्चालक शेरबहादुर केसीले बताउनु भयो । उद्वारगरिएको उक्त चितुवालाई सुरक्षित स्थानमा लगेर छाडिने जिल्ला वनकार्यालय म्याग्दीले जनाएको छ ।

You can share this post!

कुकुर सहित एकै घरका तीनको हत्या ः तिन सव तिन ठाँउमा

प्रदेश छाडेर व्यवसायिक कृषि पेशासँगै सामाजिक कार्यमा सक्रिय पुन

Related posts
error: Content is protected !!