हजार शब्द ;– हिरा शर्मा, संर्घष

साँच्चै नै अचम्म लाग्छ । मन मनै प्रश्न गर्छु , यो दुनीयाँमा मान्छेले मान्छेलाइ गर्ने व्यबहार देख्दा लाग्छ , यो समय मान्छे केका पछि दौडिराछ होला । कोहि नभएर पनि मागेर खान मान्दैन कोहि भएर पनि मागेर गुजारा गरिरहेको हुन्छ । अनि एक थरिले सहयोग गरेर नै पनि गुमनाम बस्न रुचाउछन् भने अर्को थरि सहयोग गरेझै गरेर सहयोग गरेको दुइगुणा फाइदा लिन खोज्छन् ।
समाजसेवीको विल्ला भिरेपछी पहुचपनि सजिलै मिल्ने नमिलेपनि फेसबुकमा देखाएरै भएपनि साखुम गर्ने कोहि हुन्छन् । कोहि भएर पनि दिन मान्दैनन् कोहि नभएरपनि सहयोगि बन्न खोज्छन् भने कोहि अरुलाइ कसैको दुख देखाइदिएर अरुलाइ पैसा मागेर समाजसेवी बन्न खोज्छन् । कोहि नामका पछि त कोहि दामका पछि कुदिरहेको जस्तो लाग्छ । कोहि मामको लागि साच्चै भन्ने हो भने मान्छे पहुचको लागि भएभरको लगानी गर्न तयार हुन्छ ताकि हरेक कामको लागि सजिलो होस । साइनोमा गोरु बेचेको पनि छैन तर यति नजिक हुन्छन् कि जन्म जन्म उनिहरु नजिक थिए । अनि फेरि सोच्छु यिनीहरुको सम्बन्धको आयू कति होला ? गोटा चाल्दै हिड्ने क्रममा एउटा मात्रै गोटी विग्रनासाथ शुरु हून्छ सत्रुता अनि त्यतिबेला लाग्छ यिनीहरु सात जन्मको सत्रु नै थिए होलान् । जो धनि छ उसलाइ पहुच पनि छ सबैथोक छ , जो गरिब छ उसको न धन छ न पहुच छ न आफन्त छ । कुनै कुनै राहतका कार्यक्रम हरु आउछन् तीनीहरु हेर्दा पनि लाग्छकी त्यो पनि उहि पहुचवाला लाइ नै पर्छ । न कि कोही नभएको गरिबलाइ होइन ,अनि अर्का थरी छन् जसलाइ न मागेर गुजारा गर्नु न कमाएकोले टन्न पुग्नु । अरुले गरेको गर्न मन लाग्ने अरुले खाएको खान मन लाग्ने , अरुले चढेको सवारी साधन चढ्न मन लाग्ने तर गोजिमा छाम्दा केहि नहुने ।
अनि एका थरी छन् कसैले गरेको कामलाइ कामै होइन भन्ने आफुले झिंगा पनि नमार्ने , अर्को थरी छन् चाहे काम जस्तोसुकै होस वाह् वाहै गर्ने । ताकी उसले जीवनमा कुनै काम गर्नै नसकोस । एका थरी छन् आफुले गरेको सबैले राम्रो भनिदेओस आफुले चाहि अरुको तारिफ नै गर्न नपरेहुने । अनि संसारमा धेरै दुख गरेपछि प्राप्त गर्न सकिने सम्मान एउटा सानो गल्ती कमिला मारेकै कारण किन नहोस उसको इज्जातमा धज्जी उडाइन्छ । फेसबुकमा तथानाम गालिको वर्षा हुन थाल्छ तटष्थ मनले मुल्यांकन नगरिकन नै हो मा हो र होइन मा होइन गरिहाल्ने हाम्रो मानसिकता छ ।
समय अहिले भाइरलको छ । भाइरल हूनको लागि मान्छेले तोडेर फोडेर मोडेर जोडेर पनि चुस्त दुरुस्त बनाउन खोज्छ । कतिपय मानिसहरु गुदी नहेरीकन कुनै फलको अनुमान लगाइदिन्छन् । तर गुदि हेर्दा मान्छे चकित हैन आश्चर्यचकित पर्छ । अहिलेको प्रयांक भिडियोले त झन मान्छेलाइ जन्मदेखिको सातो काडेको देखिन्छ । यो सबै भनेको मानिसको खाली दिमाख सैतानको घर जस्तै हो अर्थात मानबता र इमान्दारिताको अभाब हो । मानिस यति धेरै स्वतन्त्र भयो कि उसलाइ कसैको डरै छैन । फेसबुकको गोप्य कोठामा मानिस यति धेरै छाडा हुन खोज्छ कि भोली यो कोठाको चुक्कुल आफ्नै पार्टनरले खोलेको पत्तो हुदैन एकैचोटी आफ्नो गोपनियता भाइरल भएपछि के गर्ने गर्ने । अन्तिम विकल्प एउटालाइ दोष दियो अनि आत्महत्या गर्यो ।
अहिलेको समय कोरोनाले मानिसलाइ आक्रान्त पारिरहेको छ , मानिसलाई मानिसदेखि डर लाग्न थालेको छ , कहाँ कतिबेला कोबाट कोरोना सर्छ पत्तो हुदैन । सरिहाल्यो भने बस्ने ठाँउ अनि अरुले गाँउमा गर्ने व्यबहार सम्झेर पनि मान्छे आधा मरिसक्छ । अनि मरेपछि संक्रमितको अन्तिम संस्कार गरेको देखेर पनि आधा प्राण मरिसकेको हुन्छ मान्छे । तैपनि मान्छेलाइ यो पिर भन्दा एक कदम अगाडि छ घमण्ड । यति घमण्ड छ कि मलाइ कोरोना त के कोरोनाको बाउ आए पनि मतलभ छैन् । कतै जानु पर्यो मास्क लगाउनु पर्यो मलाइ त मास्क लगायो भने स्वास फेर्न मुश्किल हुन्छ । जब पुलिस भेट्छ अनि मास्क पुलिसले मास्क खोजिदिनु पर्छ भाटा हान्नु पर्छ हामी सम्झन्छौ अनाहकमै किन कुट्नु पर्ने होला नि पशुलाइ जसरी हो एक हिसाबले मान्छे पशुकै व्यबहार गरिरहेछ के हरेक पटक भेट्दा पनि मास्क का विषयमा विवाद गर्नु कोहि कसैको सहनशिलताको बसमा पर्दैन आफ्नो स्वास्थ्यको लागि आफै सचेत हुनु पर्नेमा अरुले कर लगाउनु पर्ने अनि गरेन भने पनि जनताको स्वास्थ्यमा सरकारले व्यवास्ता गर्यो । सरकार भनेको के हो अचम्म लाग्छ मलाइ ।
एउटा मान्छेले सडक दुर्घटना गर्छ , कसैको ज्यान जान्छ कोहि चाहदैन कि कसैको ज्यान लिउँ तर मान्छेले एकाएक सवारी तोडफोड अनि चक्का जाम शुरु गर्छ अनि फेरि आवाज उठ्छ सरकार कहाँ छ ? वर्षौ सम्म उहि मुद्दा उठाइन्छ यो अपराधी भन्दा नि हुदैन उ अपराधी हो भन्दा नि हुदैन अनि अन्तत दोषि उम्किन्छ पिडित दविन्छ । अरुलाइ केहि पनि हुदैन । कसैले विरोधका लागि विरोध गर्छ उसको पछि लाखौको जमात हुन्छ जसले विकासका लागि पहल गर्छ उसको पछि शुन्य हुन्छ । मानिसलाई थाहा छ कि त्यो मानिस निर्दोष छ तर पनि जमातले गर्दा होस या आफु अगि देखिनको लागि होस विरोधको विरोध गर्छ । अन्तत कुनै इमान्दार मान्छे पाखा लाग्छ । फेरि शुरु हुन्छ उहि पहुचवाला जसले आफ्नै र आफन्त बाहेक केहि हेर्न सोच्नै भ्याउदैन । अनि फेरि शुरु हुन्छ उहि जमात फेरि उहितिर ऊ यस्तो ऊ त्यस्तो फेरि अर्को जमात जम्मा हुन्छ । पद र पहुचको लागि तँछाड मछाड । कमसेकम राम्रो लाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्न सक्ने खुबी सृजना मात्रै हुने हो भने पनि समाजको परिवर्तन सहज हुन सक्छ ।
सकरात्मक सोच योगा ध्यान गर्यो उच्च मनोबल बढाउनु पर्छ भन्यो । जसले भन्दै हिडेको हुन्छ फेरि उसैले अरुको कुरा काट्दै हिडेको हुन्छ । कहि यस्तो होस कि माथिल्लो पद तल्लो पद भन्ने नै नहोस कुनै कुनै संस्थाहरु हुन्छन् समानताका लागि नारा लेखिएका फेरि त्यहा पनि सबैलाइ एउटै टेवलमा राखेर कार्यक्रम संचालन हुदैन मर्यादा तोकिन्छ जो बस्नु पर्ने बसेको छ भने मर्यादाक्रमले गर्दा बसेको मान्छे उठ्छ उठेको मान्छे बाहिर पुग्न बेर लाग्दैन । यसैले पनि लाग्छ यो संसारमा ठुलो पद र सानो पद हुन्नथ्यो भने मान्छेमा कुनै हान थाप हुने थिएन होला । कसैले राम्रो काम गर्यो भने उ यति माथि पुगेको अनुभुति गर्छ कि म त मान्छेको दर्जाबाट धेरै माथि पुगि सकें , अरु सबै त भुस्ना नै हुन् । उसले खाएको बसेको जन्मेको मरेको विहे गरेको , बच्चा जन्मेको सबैकुरा मिडियामा भेटिन्छन् । अझै भनूँ उसको टाउको दुख्यो नाकबाट पातलो सिगान आयो पुरै सामाजिक संजाल भरिन्छ । कसैको डिभोर्स भयो । पुरै संजाल तात्छ । अरको घटना नहुन्जेल तेहि तातीरहन्छ फेरि अर्को घटना आयो त्यो हराउछ मान्छे साँच्चै केको पछि यसरी मरिहत्ते गरिहन्छ ?
मेरो विचारमा मान्छे आफ्नो अस्तित्वको लडाइमा पैसा ,पद र पहिचानको लागि हद सम्म गिर्छ पनि र दौडन्छ पनि, यो पाकृतिक स्वाभाव मानिसमा मात्रै छ । यसैले संसार आज यो अवस्थामा छ यो सबै परिणाम आफ्नो लागि श्राप या बरदान ?

You can share this post!

उपत्यकामा निषेधाज्ञा खोल्ने तयारी

५९ कैदीबन्दीमा कोरोना

Related posts
error: Content is protected !!