करिअरमा परिवर्तन खोज्दैछिन् साम्राज्ञी ?

नेपाली चलचित्रकी सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको करिअर विगत २ वर्षदेखि ठिकठाक चलिरहेको छैन ।

करिअरको सुरुवातदेखि नै चर्चाको उचाइमा रहेकी नायिका पछिल्लो २ वर्ष भने चलचित्रका कारण भन्दा विभिन्न विवादले चर्चामा रहिन् । यस बीचमा उनका केही विवादित तस्वीर र बयानहरु सार्वजनिक भएका थिए । यसको असर उनले काम गरेका चलचित्रमा पनि पर्‍यो ।

तर, सामाज्ञी अब भने करिअरमा परिवर्तन खोजिरहेकी छिन् । केही समय अगाडि शुभचिन्तकहरुसँग कुरा गर्दै उनले अब आफूले वर्षमा धेरै चलचित्रमा काम गर्ने बताएकी थिइन् ।

उनले मनपर्ने कथामा अफर आएको खण्डमा मात्र आफूले चलचित्रमा काम गर्ने बताएकी थिइन् । अब हचुवामा चलचित्रमा काम गर्ने निर्णय नगर्ने उनको भनाई थियो ।

सामाजिक संजालमा सक्रिय साम्राज्ञीले हालै एक स्टाटसमा पोष्ट गरेकी छिन् । उनले त्यहाँ परिवर्तन अपरिहार्य भएको लेखेकी छिन् । उनी लेख्छिन्–‘परिवर्तन अपरिहार्य छ । परिवर्तन स्थिर छ ।’

सामाज्ञीको करिअरमा पनि परिवर्तन अपरिहार्य जस्तै बनेको छ । के लकडाउनपछि साम्राज्ञीले लिने करिअरको निर्णयमा दर्शकले केही परिवर्तन पाउँलान त ?

You can share this post!

निको भएका दुई जनामा पुनः कोरोना संक्रमण देखियो

मितव्यायी भान्सा : यसो गरे कसो होला ?

Related posts